भारतमा बेचिने बेबी फूडमा चिनी मिसाइएको सन्दर्भमा नेस्ले जाँचको घेराभित्र
भारतमा बेचिने बेबी फूडमा चिनी मिसाइएको सन्दर्भमा नेस्ले जाँचको घेराभित्र


नयाँ दिल्ली, 18 अप्रेल (हि.स.)। दुनियाँकै सबैभन्दा ठूलो उपभोक्ता उत्पाद कम्पनी नेस्लेले भारतमा बेचिने बेबी फूडमा चिनी मिसाएको सम्बन्धमा अहिले जाँचको घेराभित्र परेको छ। ज्यूरिखस्थित पब्लिक आई एण्ड इन्टरनेशनल बेबी फूड एक्शन नेटवर्कको रिपोर्टमा नेस्ले इण्डियाले नानीहरूको दूध र सेरलेकमा चिनी मिसाएको कुरा अघि आएको छ। उक्त रिपोर्टको आधारमा जाँच गर्नुपर्ने माग गरिएको छ, तर यसको आधिकारिक घोषणा भने गरिएको छैन।

आधिकारिक सूत्रले बिहीवार बतायो, नेस्लेसित सम्बन्धित हालैको रिपोर्टलाई संज्ञानमा लिइएको छ। कन्ज्युमर प्रोटेक्शन एक्ट अन्तर्गत नेस्ले कम्पनीको बेबी फूडको स्याम्पल जाँच गरिनेछ। वास्वतमा एक रिपोर्टमा यस कुराको खुलासा गरिएको छ, नेस्लेले कतिपय देशहरूमा नानीहरूको दूध र सेरलेक प्रोडक्ट्समा चिनी र मह प्रयोग गर्दछ। चिनीको प्रयोग गर्नु भनेको अन्तरराष्ट्रिय दिशानिर्देशको उल्लंघन गर्नु हो।

वास्तवमा नेस्ले कम्पनीको इण्डिया एवं विकासशील देशहरूमा सबैभन्दा अधिक बिक्री हुने बेबी फूड ब्राण्ड्समा चिनीको मात्रा अधिक पाइएको छ जबकि यही उत्पाद ब्रिटेन, जर्मनी, स्वीटजरल्याण्ड लगायत अन्य विकसित देशहरूमा चिनी बिनै बेचिँदैछ। एक रिपोर्टमा यसको खुलासा भएको छ। यसप्रकारको मामिला भारत बाहेक अफ्रिका र दक्षिण अमेरिकाका देशहरूमा देख्न पाइएको छ। यद्यपि नेस्लेले यसमाथि स्पष्टिकरण दिँदै भनेको छ, उसले भारतमा सबै नियमहरूको पालन गरिरहेको छ।

ज्यूरिखस्थित पब्लिक आई एण्ड इन्टरनेशनल बेबी फूड एक्शन नेटवर्कले आफ्नो रिपोर्टमा यस कुराको खुलासा गरेको छ, भारतमा बिक्री हुने सबै 15 सेरलेक बेबी प्रोडक्ट्समा तीन ग्राम चिनी पाइयो, तर अफ्रिकाको इथियोपिया र एशियाको थाईल्याण्ड जस्ता देशहरूमा चिनी 4 देखि 6 ग्रामसम्म पाइएको छ। यसरी नै जर्मनी र ब्रिटेन जस्ता विकसित देशहरूमा बेचिने यही प्रोडक्ट्समा चिनी छैन। यसबाट थाहा हुन्छ कि नेस्लेले गरीब देशहरूमा बेच्ने शिशु दूधमा अधिक मात्रामा चिनी मिलाउँछ, तर यूरोप र ब्रिटेनको आफ्नो बजारमा भने मिलाउँदैन।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande