बरदाङ सड़क दुर्घटनामा नेपाल नागरिकको मृत्यु
बरदाङ सड़क दुर्घटनामा नेपाल नागरिकको मृत्यु


गान्तोक, 18 अप्रेल (हि.स.)। राष्ट्रिय राजमार्ग 10 अन्तर्गत बरदाङमा एटीटीसी कलेज छेउ बुधवार बिहान भएको सड़क दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ। यस दुर्घटनामा वाहन चालकसहित तीन जना गम्भीर रूपमा घाइते भएका छन्।

पुलिस रिपोर्ट अनुसार, बरदाङमा एटीटीसी कलेज छेउ एउटा अल्टो वाहन र ट्रक ठोकियो। दुर्घटनामा एक 50 वर्षीय सुभाष राईको घटनास्थलमै मृत्यु भयो। मृतक मूलरूपमा नेपाल निवासी थिए भने अहिले अप्पर तिन्तेकमा बस्दै थिए। घाइतेहरूलाई अस्पतालमा भर्ती गरिएको छ।

पोस्टमार्टमपछि शव परिवारलाई सुम्पिएको छ। अल्टो वाहन गलत लेनमा पसेर ट्रकसॅंग ठोकिएको कुरा पुलिस रिपोर्टमा उल्लेख छ। पुलिसले घटनाको सम्बन्धमा मामिला दर्ता गरेर छानबिन शुरू गरेको बताइएको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande