मलाई रोक्ने अधिकार छैन, तर राजनीतिक विवाद चाहँदिनँ भनेर गवर्नरले टारे आफ्नो उत्तर बंगाल भ्रमण
मलाई रोक्ने अधिकार छैन, तर राजनीतिक विवाद चाहँदिनँ भनेर गवर्नरले टारे आफ्नो उत्तर बंगाल भ्रमण


कोलकाता, 18 अप्रेल (हि.स.)। आफ्नो उत्तर बंगाल दौड़ाहमाथि चुनाउ आयोगद्वारा रोक लगाइएकोमा राज्यपाल डाक्टर सी.वी. आऩन्द बोसले प्रश्न उठान गरेका छन्। उनले भनेका छन्, राज्यपाल भएको नातामा संवैधानिक रूपमा मेरो भ्रमणमाथि रोक लगाउने अधिकार कसैलाई छैन। यद्यपि उनले आफू उत्तर बंगालको भ्रमणमा नजाने कुरा स्पष्ट पार्दै भनेका छन्, उनी कुनै पनि राजनीतिक विवादमा मुसिन चाहँदैनन्। यसैले उनले आफ्नो उत्तर बंगालको भ्रमणलाई रद्द गरिरहेका छन्।

उनले भनेका छन्, संविधान अन्तर्गत उनलाई आने-जाने अनुमति प्राप्त भएको छ। उनले भने, “मेरो प्राथमिकता बंगालका मानिसहरूसित बस्नु हो। मेरो ध्यान राज्यमा हिंसाविरूद्ध लड़्नुमाथि केन्द्रित छ, विशेष गरी चुनाउको अवधिमा। मेरो दौड़ाह यसै उद्देश्यको लागि हो, तर गवर्नरको कार्यालयलाई राजनीतिकरण गर्ने प्रयास भइरहेको छ। म कसैलाई पनि गवर्नरको पदको गरिमालाई घटाउन दिने छुइनँ।”

आनन्द बोसले अझ भने, “म कसैलाई पनि राजनीतिक शतरञ्जको बिसातमा मलाई प्यादाको रूपमा प्रयोग गर्ने अनुमति दिनै छैन। संविधान अन्तर्गत कुनै पनि गवर्नरको आवत-जावतमा रोक लगाउन सक्दैन। यद्यपि म राजनीतिक विवादमा सामेल हुन चाहँदिनँ। म मानिसहरूको लागि ई-मेल र फोनको माध्यमबाट 24 घण्टै उपलब्ध छु। राजनीतिक विवादलाई मध्यनजर गर्दै म आफ्नो उत्तर बंगालको यात्रालाई रद्द गरिरहेको छु।”

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande