रेजीनगर हिंसाको एनआईए जॉंच गराउनु पर्ने भाजपाको माग
रेजीनगर हिंसाको एनआईए जॉंच गराउनु पर्ने भाजपाको माग


कोलकाता, 18 अप्रेल (हि.स.)। मुर्शिदाबादको रेजीनगरमा रामनवमीको शोभायात्रामा हमलालाई लिएर भारतीय जनता पार्टीले मुख्यमन्त्री ममता ब्यानर्जीलाई निशाना बनाएको छ। प्रदेश भाजपा अध्यक्ष सुकान्त मजूमदारले घटनाको एनआईएद्वारा जॉंच गराउनु पर्ने माग गरेका छन्।

ममता ब्यानर्जीले आफ्नो चुनावी जनसभाहरूमा हिंसा भड्काउने भाषण दिएपछि उपद्रवीहरूलाई बल मिलेको उनले आरोप लगाएका छन्। मजूमदारले भने, 'रामनवमी शोभायात्रालाई चारैतिरबाट घेरेर हमला गरिएको छ। पुलिसले पनि रामभक्तहरूमाथि आंसु ग्यास चलाए। आक्रमणकारीहरू तृणमूल कांग्रेससॅंग सम्बन्धित छन्।'

यस विषयमा तृणमूल कांग्रेसका विधायक अबू ताहिरले भने, 'यस घटनासॅंग तृणमूलको कुनै लिनु—दिनु छैन। कसले हमला गरे, किन हमला गरे, यसको जॉंच हुनुपर्छ।'

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande