एसडीएफ नेता शिवकुमार तिम्सिना पक्राउ
एसडीएफ नेता शिवकुमार तिम्सिना पक्राउ


गान्तोक, 18 अप्रेल (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका नेता शिवकुमार तिम्सिनालाई सदर थाना पुलिसले पक्राउ गरेको छ। तिम्सिनामाथि मनगढन्ते मत सर्वेक्षण प्रचार—प्रसार गरेको आरोप छ।

पुलिस रिपोर्ट अनुसार, एसकेएम पार्टीका महासचिव पवन गुरुङले शिवकुमार तिम्सिना विरुद्ध प्राथमिकी दर्ता गराएका छन्। तिम्सिनामाथि चुनाउमा एसडीएफ पार्टीको जित भएको मनगढन्ते मत सर्वेक्षण प्रचार-प्रसार गरेको आरोप लगाइएको छ।

पुलिसले उनीविरुद्ध आईपीसीको धारा 120 बी/171 जी188/505 र जनप्रतिनिधित्व अधिनियम, 1951 को धारा 126 (1)(बी) अन्तर्गत मामिला दर्ता गरेको छ। यस सम्बन्धमा छानबिन जारी रहेको बताइएको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande