गेजिङ जिल्लामा 6 वटा महिला मतदान केन्द्र स्थापित
गेजिङ जिल्लामा 6 वटा महिला मतदान केन्द्र स्थापित


गेजिङ, 18 अप्रेल (हि.स.)। समावेशीता र वातावरणीय चेतना जगाउने एकजुट प्रयास अन्तर्गत गेजिङ जिल्लाले आम चुनाउ २०२४ अगाडि उल्लेख्य पहल गरेको छ। २९ हजार ६६७ पुरुष र २९ हजार ७३८ महिला गरी कुल ५९ हजार ४०५ मतदाता दर्ता भएको यो जिल्ला प्रतिनिधित्व र सहभागिताको लोकतान्त्रिक आदर्शलाई समर्थन गर्न तयार छ।

लैङ्गिक समानता र सशक्तिकरण तर्फ ऐतिहासिक कदम चाल्दै गेजिङ जिल्लाले ६ वटा सबै महिला मतदान केन्द्र र १४ महिलामैत्री मतदान केन्द्र स्थापना गरेको छ। यी पहलहरूको उद्देश्य महिलाहरूलाई निर्वाचन प्रक्रियामा पहुँच र प्रतिनिधित्व सुनिश्चित गर्नु रहेको छ।

यसबाहेक, जिल्लाले अधिकांश मतदान केन्द्रहरूलाई वातावरणमैत्री बनाउने गरी दिगो अभ्यासहरू अंगाल्न पर्याप्त प्रयास गरेको बताइएको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande