कुचबिहारमा भाजपा नेताहरूमाथि कुटपिट गरेको आरोप तृणमूलमाथि
कुचबिहारमा भाजपा नेताहरूमाथि कुटपिट गरेको आरोप तृणमूलमाथि


कोलकाता, 19 अप्रेल (हि.स.)। कुचबिहार दक्षिण विधानसभा क्षेत्रको चन्दामारीमा गए बिहीवार राती भारतीय जनता पार्टी (भाजपा) नेता लभ सरकारमाथि तृणमूलका मानिसहरूले आक्रमण गरेका छन्। भाजपाको आरोप छ, उनीमाथि गम्भीर आक्रमण भएको छ। उनको टाउको फुटेको छ। बाइक सहित उनको पैसा पनि खोसिएको छ।

घाइते भाजपा नेताको कुचबिहारको एक निजी अस्पतालमा उपचार भइरहेको छ। अर्कोतिर तृणमूलले दाबी गरेको छ, शुक्रवार बिहान भएको झड़पममा एकजना तृणमूल कार्यकर्ता घाइते भएका छन्। तृणमूलले सिकायत गऱ्यो, भाजपाले उनीहरूका बूथ एजेन्टहरूलाई बिहानदेखिकै बूथमा बस्नदेखि रोकेकोले विवाद सृजना भएको थियो।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande