कटन विविमा प्रवेशको लागि अभाविपको निःशुल्क कोचिंग
कटन विविमा प्रवेशको लागि अभाविपको निःशुल्क कोचिंग


गुवाहाटी, 19 अप्रेल (हि.स.)। अखिल भारतीय विद्यार्थी परिषद (अभाविप)-ले कटन विश्वविद्यालयमा सीयूईटीको माध्यममा स्नातकमा प्रवेश लिन चाहने इच्छुक विद्यार्थीहरूको लागि 'निःशुल्क क्र्याश कोर्स' शुरू गरेको छ। अभाविपले शोध विद्यार्थी तथा विषय विशेषज्ञहरूको माध्यमबाट एन्थ्रोपोलजी, समाज विज्ञान, मनोविज्ञान, इतिहास, अर्थशास्त्र, अंग्रेजी, भूगोल, भौतिक विज्ञान, रसायन विज्ञान, गणित, असमिया विषयको पाठ्यक्रमको लागि डिजिटल माध्यमबाट विद्यार्थीहरूलाई सीयूईटीको लागि मद्दत गर्नेछ।

यस क्र्याश कोर्समा विद्यार्थीहरूलाई अध्ययन सामग्री, रेगुलर अनलाइन क्लासेजको माध्यमबाट सीयूईटीको तयारी गराइनेछ। अभाविपले यस क्र्याश कोर्सको लागि मोबाइल नम्बर 8135065644, 6003763722, 6900895232, 7896569780, 6901640164 जारी गरेको छ। यी नम्बरहरूमा छात्रहरूले अधिक जानकारीको लागि सम्पर्क गर्न सक्नेछन्।

अभाविपको कटन विश्वविद्यालय एकाईले बताएको छ, कटन विश्वविद्यालयमा प्रवेश लिन चाहने इच्छुक विद्यार्थीहरूको लागि निःशुल्क क्र्याश कोर्सको आयोजना गरिनेछ जसबाट आर्थिक रूपले कमजोर तथा सुदूरवर्ती क्षेत्रहरूका विद्यार्थीहरूलाई पनि सहायता तथा दिशानिर्देश प्राप्त हुनेछ।

अभाविपले भनेको छ, यस व्यवस्थाबाट विद्यार्थीहरूले सहजै विश्वविद्यालयमा प्रवेश पाउन सक्नेछन्। यस वर्ष अभाविपले कटन विश्वविद्यालयको स्नातकमा प्रवेश चाहने विद्यार्थीहरूको लागि प्रोफेसर तथा सम्बन्धित विषयका शोधार्थीहरूसित कुरा गरेर निःशुल्क सीयूईटी क्र्याश कोर्स आयोजना गर्ने योजना बनाएको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande