देशमा आम चुनाउको पहिलो चरणको मतदान शुरू
देशमा आम चुनाउको पहिलो चरणको मतदान शुरू


— प्रधानमन्त्री मोदीले मतदाताहरूलाई गरे नयॉं रेकर्ड बनाउन आग्रह

— संघ प्रमुखले नागपुरमा भोट गरे, भने- यो हामी सबैको कर्तव्य

— आज 1625 उम्मेदवारहरूको भाग्य ईवीएममा हुनेछ बन्द

नयॉं दिल्ली, 19 अप्रेल (हि.स.)। देशमा आम चुनाउको प्रथम चरणको निम्ति आज बिहान सात बजीदेखि मतदान शुरू भयो। संवेदनशील मतदान केन्द्रहरूमा सुरक्षाको कड़ा व्यवस्था गरिएको छ। प्रथम चरणको चुनाउ मैदानमा आठ केन्द्रिय मन्त्री, दुई पूर्व मुख्यमन्त्री र एक पूर्व राज्यपालले आफ्नो भाग्य आजमाइरहेका छन्। पहिलो चरणमा 1625 उम्मेदवार मैदानमा छन्। चुनाउको प्रथम चरणको निम्ति भइरहेको मतदानमा 21 राज्य र केन्द्रशासित प्रदेशका 102 लोकसभा सीट सामेल छन्।

यसमा राजस्थानको 12, उत्तर प्रदेशको आठ, मध्य प्रदेशको छ, बिहारको चार, पश्चिम बंगालको तीन, असम र महाराष्ट्रको पॉंच, मणिपुरको दुई, त्रिपुराको एक, जम्मू-कश्मीरको एक र छत्तीसगढ़को एक सीट सामेल छ। यस अतिरिक्त, तमिलनाडुको 39, मेघालयको दुई, उत्तराखण्डको पॉंच, अरुणाचल प्रदेशको दुई, अण्डमान निकोबार द्वीप समूहको एक, मिजोरमको एक, नगाल्याण्डको एक, पुडुचेरीको एक, सिक्किमको एक र लक्षद्वीपका सबै लोकसभा सीटमा मतदान हुनेछ।

लोकतन्त्रको महापर्वको शुरूवात हुनुभन्दा अघि प्रधानमन्त्री नरेन्द्र मोदीले एक्स ह्यान्डलमा भने, 'लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव आजदेखि शुरू भइरहेको छ। लोकसभा चुनाउको पहिलो चरणको मतदानमा 21 राज्य र संघशासित प्रदेशका 102 सटीको निम्ति भोट भइरहेको छ। यी सबै सीटका मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोग गर्न र भोटिङको नयॉं रेकर्ड बनाउन आग्रह गर्दछु। पहिलोपल्ट भोट दिन लागिरहेका युवा साथीहरूलाई भारी संख्यामा मतदान गर्न अपील गर्दछु।'

राष्ट्रिय स्वयंसेवक संघ प्रमुख डा. मोहन भागवतले महाराष्ट्रको नागपुरमा एक बूथमा पुगेर मतदान गरे। भोट हालेपछि उनले भने, 'मतदान हामी सबैको कर्तव्य र अधिकार हो। यस कारण आज मैले सबैभन्दा पहिलो काम भोट हाल्ने गरे।'

मतदान शुरू हुनुभन्दा अघि मुख्य चुनाउ आयुक्त राजीव कुमारले भने, 'सबै कुरा ठीक छ। तयारी वास्तवमा दुई साल अघिदेखि शुरू भएको थियो। लगभग 16.86 करोड़ मतदाता रहेको पहिलो चरणको मतदानको निम्ति लगभग 1.86 लाख मतदान केन्द्रहरूमा सबै आवश्यक सुविधाको व्यवस्था गरिएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande