महानिदेशकले प्रथम बटालियन एनडीआरएफका कार्यहरूको सराहना गरे
महानिदेशकले प्रथम बटालियन एनडीआरएफका कार्यहरूको सराहना गरे


गुवाहाटी, 19 अप्रेल (हि.स.)। राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ)- का महानिदेशक पीयूष आनन्दले प्रथम वाहिनी राष्ट्रिय आपदा मोचन बल बटालियन मुख्यालयको दौड़ाह गर्दै सैनिक सम्मेलन अवधि सबै बचाउ कर्मीहरूको मनोबल बढ़ाए।

ज्ञात रहोस्, प्रथम बटालियन एनडीआरएफले विगत 15 वर्षदेखिकै चार पूर्वोत्तर राज्यहरूका 57 जिल्लाहरूमा हरेक प्रकारको आपदामा आफ्नो अथक सेवा प्रदान गर्दै आइरहेको छ। यसको साथै यो अद्भुत बलले अन्य विभिन्न सामाजिक उत्थानका गतिविधिहरूमा पनि निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ।

गुवाहाटीको पाटगाउँस्थित प्रथम बटालियन एनडीआरएफ मुख्यालयका पीआरओले आज बताएका छन्, दुई दिवसीय दौड़ाहमा गुवाहाटी आइपुगेका महानिदेशक आनन्दले ब्रह्मपुत्र रिभर फ्रण्ट उज्जान बजार घाट गुवाहाटी, पलासबारी घाट मिर्जाको दौड़ाह गरे तथा बटालियन मुख्यालय पटगाउँमा सैनिक सम्मलेनमा भाग लिए।

सूत्रले बताएको छ, उनको दौड़ाह अत्यधिक सफल रह्यो। महानिदेशकले समादेष्टा प्रथम बटालियन एनडीआरएफका कमाण्डेन्ट एचपी एस कँडारीको कुशल नेतृत्वमा बचाउकर्मीहरूद्वारा गरिएका कार्यहरूको सराहना गरे अनि भविष्यमा पनि यस गरिमालाई कायम राख्नको लागि उत्साहित गरे।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande