आप विधायक अमानतुल्लाह खान राऊज एभेन्यू कोर्टमा पेश
आप विधायक अमानतुल्लाह खान राऊज एभेन्यू कोर्टमा पेश


नयाँ दिल्ली, 20 अप्रेल (हि.स.)। दिल्लीको सत्तारूढ़ आम आदमी पार्टी (आप)- का विधायक अमानतुल्लाह खान आज राऊज एभेन्यू कोर्टमा पेश भए। एडिशनल चीफ मेट्रोपोलिटन मेजिस्ट्रेट दिव्या मल्होत्राले मामिलाको अघिल्लो सुनवाई आगामी 27 अप्रेलमा गर्ने आदेश दिइन्। खानमाथि दिल्ली वक्फ बोर्डमा भर्तीसित सम्बन्धित मनी लण्न्ड्रिंगको मुद्दामा प्रवर्तन निदेशालय (ईडी)- को समनलाई बेवास्ता गरेको आरोप छ।

पेशी अवधि उनका वकिलले भने, अमानतुल्लाह भागेका छैनन्। उनी सुप्रीम कोर्टको आदेशमा ईडीको समनमा पेश भएका थिए। ईडीले भन्यो, अमानतुल्लाहलाई सात पटक समन पठाइयो जसमध्ये तीन समनमा उनी पेश भएनन्। यो अपराध हो। यसैले हामीले कोर्टमा उजुरी दर्ता गरेका छौं। ईडीले माग गरेको छ, कोर्टले अमानतुल्लाह खानलाई अघिल्लो सुनवाईमा शारीरिक रूपमा पेश हुने निर्देश देओस्।

उल्लेखनीय छ, कोर्टले गत 9 अप्रेलमा ईडीको सिकायतमा अमानतुल्ला खानलाई आज पेश हुनको लागि समन जारी गरेको छ। ईडीले याचिका दर्ता गरी भनेको थियो, दिल्ली वक्फ बोर्डको भर्तीमा गडबड़ीसित सम्बन्धित मनी लण्ड्रिंग मामिलामा जाँचबुझको लागि अमानतुल्लाह खानलाई धारा 50अन्तर्गत समन जारी गरिएको थियो, तर उनी पेश भएनन्। उनले जाँचमा सहयोग पनि गरिरहेका छैनन्।

ईडी अनुसार अमानतुल्लाह खानले आपराधिक गतिविधिहरूबाट धेरै सम्पत्ति अर्जित गर्नका साथै सहयोगीहरूको नाममा अचल सम्पत्ति किनेका छन्। छापामारीमा यस्ता धेरैवटा दस्तावेज तथा डिजिटल साक्षी प्राप्त भएको छ जसबाट स्पष्ट हुन्छ कि उनी मनी लण्ड्रिंगको अपराधमा लिप्त छन्।

स्मरण गराइन्छ, राऊज एभेन्यू कोर्टले गत 1 मार्चमा अमानतुल्लाह खानको अग्रिम जमानत याचिकालाई खारेज गरिदिएको थियो। त्यसपछि अमानतुल्लाहले हाई कोर्ट र सुप्रीम कोर्टको ढोका पनि ढक्ढकाइसकेका छन्, तर उनले कुनै राहत पाएनन्। राऊज एभेन्यू कोर्टले ईडीद्वारा दर्ता चार्जशीटमाथि संज्ञान लिसकेको छ।

ईडीले गत 9 जनवरीमा चार्जशीट दर्ता गराएको थियो। लगभग पाँच हजार पृष्ठको उक्त चार्जशीटमा ईडीले जावेद इमाम सिद्दीकी, दाऊद नासिर, कौसर इमाम सिद्दीकी र जिशान हैदरलाई आरोपी बनाएको छ। ईडीले पार्टनरशिप फर्म स्काई पावरलाई पनि आरोपी बनाएको छ।

ईडी अनुसार यो मामिला 13 करोड़ 40 लाख रुपियाँको जमीन बिक्रीसित सम्बन्धित छ। आरोपी कौसर इमाम सिद्दीकीको डायरीमा 8 करोड़ रुपियाँ एन्ट्री गरिएको छ। जावेद इमामलाई यो सम्पत्ति सेल डीडको माध्यमबाट प्राप्त भयो। जावेद इमामले यो सम्पत्ति 13 करोड़ 40 लाख रुपियाँमा बेचे। जिशान हैदरले यसकोलागि जावेदलाई नगद राशि दिए।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande