गान्तोक जिल्लामा प्रयोग गरिएको ईभीएम स्ट्रङ रूममा बन्द
गान्तोक जिल्लामा प्रयोग गरिएको ईभीएम स्ट्रङ रूममा बन्द


गान्तोक, 20 अप्रेल (हि.स.)। गान्तोक जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा सम्पन्न भएको चुनाउको समयमा प्रयोग गरिएका सबै ईभीएम साथै भीभीपीएटी गान्तोक जिल्लाका जिल्लापाल एवम् जिल्ला चुनाउ अधिकारी तुषार निखारेको उपस्थितिमा स्ट्रङरूममा राखियो। बुर्तुकको डीआईईटी कलेजमा स्थापना गरिएको स्ट्रङरूपमा चुनाउमा प्रयोग भएका सबै ईभीएम र भीभीपीएटी कडा सुरक्षाबीच राख्दै सील गरिएको छ।

यस अवसरमा विभिन्न राजनीतिक जलका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। चुनाउमा प्रयोग गरिएको इलेक्ट्रोनिक भोटिङ मशिन सील गर्ने क्रममा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा गरियो। स्ट्रङरूमको चारैतिर सीसी क्यामेरा जडान गरिएको छ भने 24 घण्टा नै कडा सुरक्षा दिनको निम्ति पुलिसवल तैनाथ गरिएको छ।

अब आगामी 2 जूनको दिन मात्र स्ट्रङरूमको सील विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा खोलेपछि मतगणना शुरू हुनेछ। विधानसभा चुनाउको निम्ति 2 जून र लोकसभा चुनाउको निम्ति 4 जूनमा मतगणना हुने भएको छ।

हिन्दुस्थान समाचार


 rajesh pande