गेजिङ जिल्लाका जनरल अब्जर्बर गरे कागज पत्रको जाँच
गेजिङ जिल्लाका जनरल अब्जर्बर गरे कागज पत्रको जाँच


गान्तोक, 20 अप्रेल (हि.स.)। हिजो सम्पन्न भएको सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति जनरल अब्जर्बरकोरूपमा आएका पंकज यादव र रिटर्निङ अधिकारीले गेजिङ जिल्लाको चारवटा निर्वाचन क्षेत्रमा सम्पन्न भएको चुनाउलाई लिएर कागज पत्रको जाँच गरे। यस अवसरमा राज्यका सबै राजनीतिक दलका प्रतिनिधिहरूले सक्रियरूपमा सहभागिता जनाए।

जनरल अब्जर्बरले क्योङसाको प्रेक्षागृहमा गेजिङ जिल्लाका राजनीतिक दलका उम्मेदावारको चुनाउ एजेन्टको उपस्थितिमा जाँच गरे। जिल्ला चुनाउ अधिकारीले छानबिन प्रक्रियाको विस्तृत जानकारी दिए र भारतीय चुनाउ आयोगको निर्देशन अनुसार छानबिनका लागि मतदान केन्द्रहरू छनौट गर्ने दिशानिर्देशहरू व्याख्या गरे।

चुनाउमा सम्बन्धी कागजहरू निर्वाचन अधिकारीहरूले सावधानीपूर्वक छानबिन गरेपछि यस प्रक्रियामा कुनै अनियमितता फेला नपरेको बताए।

हिन्दुस्थान समाचार


 rajesh pande