चुनाउपछि जलपाईगुड़ीमा भाजपा कार्यकर्ताहरूमाथि आक्रमण
चुनाउपछि जलपाईगुड़ीमा भाजपा कार्यकर्ताहरूमाथि आक्रमण


जलपाईगुड़ी, 20 अप्रेल (हि.स.)। पछिल्लो पञ्चायत चुनाउमा जलपाईगुड़ीको सन्यासीकाटा ग्राम पञ्चायतमा व्यापक अशान्ति भएको थियो। माकपा कार्यकर्ताहरूमाथि आक्रमण गरेको आरोप लगाइएको थियो। ठूलो संख्यामा मतपत्र लुटेको आरोप पनि अघि आएको थियो। हिजो मात्र सम्पन्न भएको लोकसभा चुनाउपछि पनि यहाँ यस्तै तस्वीरहरू देख्न पाइएको छ।

मतदान समाप्त भएपछि यहाँ उपद्रव शुरू भएको छ। कथित रूपमा यसपालि भाजपा कार्यकर्ताहरूलाई लक्षित गरिएको छ। आरोप छ, सन्यासी काटा ग्राम पञ्चायतको बूथ संख्या 18/126 -मा तृणमूल आश्रय प्राप्त उपद्रवीहरूले धेरैजना भाजपा कार्यकर्ताहरूको घरमा आक्रमण गरे। आक्रमणमा भाजपा कार्यकर्ताहरूका घरहरू क्षतिग्रस्त भएका छन्।

यद्यपि स्थानीय तृणमूल नेता रोशन हबीबले शनिवार भने, उनको पार्टीमाथि लगाइएका सम्पूर्ण आरोपहरू झूटो हुन्। यसको विपरीत उनले महिला मतदाताहरूमाथि केन्द्रिय बलले लट्ठीचार्ज गरेको आरोप लगाए।

अर्कोतिर भाजपा नेतृत्वको दाबी छ, यो तृणमूलको संस्कृति हो। जनताले सबै बुझिसकेका छन्। जिल्लाधिकारी शमा परविनले भनिन्, कुनै पनि प्रकारको गड़बड़ीलाई सहन गरिनेछैन। पुलिस बाहेक केन्द्रिय बलहरू पनि छन्। सिकायत गरेको खण्डमा आवश्यक कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande