भीषण अग्निकाण्डमा तीनवटा पसल जलेर खरानी
भीषण अग्निकाण्डमा तीनवटा पसल जलेर खरानी


जलपाईगुड़ी, 20 अप्रेल (हि.स.)। जिल्लाको क्रान्ति ब्लक मौलानी बजारमा भएको भीषण अग्निकाण्डमा तीनवटा पसल जलेर खरानी भएको छ। घटना शुक्रवार अबेर रातीको हो।

भनिन्छ, अबेर राती क्रान्ति ब्लक मौलानी बजारमा स्थानीय मानिसहरूले एउटा पसलबाट आगोका ज्वालाहरू निक्लिरहेको देखेपछि सबैभन्दा पहिला आगोलाई निभाउने प्रयास गरे। त्यसपछि घटनाको सूचना पाएर मयानागुड़ी अग्निशमन विभागबाट एउटा इञ्जीन घटनास्थलमा आइपुग्यो। यसको केही क्षण पश्चात क्रान्ति चौकीको पुलिस पनि घटनास्थलमा आइपुग्यो।

घण्टौंको परिश्रमपछि आगोलाई नियन्त्रण गरियो। तर त्यसबेलासम्ममा आगोले तीनवटा पसललाई आफ्नो चपेटमा लिसकेको थियो। आगलागीको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन। क्रान्ति थानाको पुलिसले घटनाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande