मंगन जिल्लका अब्जर्बरले गरे 17सी र 17ए फारमको जाँच
मंगन जिल्लका अब्जर्बरले गरे 17सी र 17ए फारमको जाँच


मंगन, 20 अप्रेल (हि.स.)। मंगन जिल्लाका जिल्लापाल एवम् रिटर्निङ अधिकारी हेम कुमार छेत्री साथै जनरल अब्जर्बर उमाकान्त उमरावले 17 सी र 17 ए फारमको जाँच गरे। मंगन जिल्ला अन्तर्गत लाचेन मंगन, जङ्गु, काबी लुङचोक र संघ सीटको लागि उक्त फारम जाँच गरिएको हो।

पेन्टोकस्थित जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको जाँच कार्यमा जिल्लापाल छेत्रीले राजनीतिक दलका प्रतिनिधिहरूलाई जनरल अब्जर्बरको दिशा निर्देश बमोजिम कागज पत्रको जाँच गरिएको बताए। जिल्लापालले छानबिन आयोजना गरिनुको मुख्य उद्देश्य स्पष्ट पार्दै राजनीतिक दलहरूसँग संलग्न व्यक्तिहरूको जिज्ञासाबारे जानकारी लिए। उनले सबै राजनीतिक दलका उम्मेदावरहरूको कागज पत्र सही रहेको अवगत गराए।

हिन्दुस्थान समाचार


 rajesh pande