पहिलो चरणमै मतदाताहरूले इन्डी गठबन्धनलाई खारेज गरे- मोदी
पहिलो चरणमै मतदाताहरूले इन्डी गठबन्धनलाई खारेज गरे- मोदी


मुम्बई, 20 अप्रेल (हि.स.)। भाजपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदीले नान्देड़मा जनसभालाई सम्बोधित गर्दै पहिलो चरणको चुनाउमै मतदाताहरूले इन्डी गठबन्धनलाई खारेज गरेको बताए। उनले भने, वास्तवमा देशका जनतालाई इन्डी गठबन्धन आफ्नो भ्रष्टाचारलाई लुकाउन एकसाथ आएको हो भन्ने महसूस भइरहेछ। इन्डी अलायन्सको पार्टीहरूले देशको 25 प्रतिशत सीटमा एक-अर्का विरूद्ध लड़िरहेछ, यसमा आम जनताले विश्वास गर्न सकिरहेको छैन।

मोदीले शनिवार भाजपाको नान्देड़ लोकसभा सीटबाट उम्मेदवार प्रतापराव चिखलीकर र हिंगोली लोकसभा सीटबाट उम्मेदवार बाबूराव कोहलीकरको प्रचारको निम्ति आयोजित जनसभालाई सम्बोधित गरिरहेका थिए।

उनले भने, शुक्रवार देशमा पहिलो चरणको मतदान भयो। म सबै मतदाताहरू र विशेषगरी पहिलो पल्ट मतदान गर्नेहरूलाई धन्यवाद दिन चाहन्छु। मतदानपछि धेरैले बूथ स्तरसम्मको विश्लेषण गरेका छऩ्। यसलाई देखेर पहिलो चरणमा एनडीएको पक्षमा एकतर्फी भोट आएको लागिरहेछ। म देशका नागरिकहरूसित एनडीएको जित सुनिश्चित गर्ने अपील गरिरहेछु। म यसको निम्ति सबैलाई धन्यवाद दिन्छु तर जसले भोट दिँदैनन्, उनीहरूलाई भन्न चाहन्छु कि तपाईले कसैलाई भोट दिनुपर्छ, भोट दिनुदेखि पछि सर्नुहुँदैन।

प्रधानमन्त्रीले भने, देशका जवान विपरीत माहोलमा पनि देशको रक्षाको निम्ति सीमामा आफ्नो कर्तव्य निभाइरहेका छन्। उसैगरी मतदाताहरूले पनि मतदानलाई कर्तव्य सम्झिनुपर्छ। राहुल गान्धी वायनाड बाहेक अन्य सुरक्षित निर्वाचन क्षेत्र खोजीरहेका छन्। 26 अप्रेलमा वायनाडमा मतदानपछि राहुल गान्धी अन्य सीट खोज्नेछन् किनभने उनलाई अमेठी छोड्नपऱ्यो। उसैगरी उनले वायनाड पनि छोड्नेछऩ्। उनले सोचेका छैनन् होला कि कांग्रेसको यस्तो स्थिति हुनेछ। यो यस्तो स्थिति हो कि जुन परिवारबाट कांग्रेस पार्टी चल्छ, त्यसले पनि आफ्नै पार्टीलाई भोट दिनसक्दैन।

प्रधानमन्त्री मोदीले भने, म राजनीतिमा थिइन, चव्हाण परिवार त्यस समयदेखि राजनीतिमा थियो। अशोक चव्हाणका पिता शंकरराव चव्हाणसित एक पल्ट चर्चा गर्ने अवसर भेटाइएको थियो। तब म राजनीतिमा थिइन। म एक आम व्यक्ति भएपनि शंकरराव चव्हाणले मसित विनम्रतापूर्वक कुरा गरे। ऱाज्य र केन्द्रमा यति महत्वपूर्ण पदहरूमा रहेपनि उनको यस्तो विनम्रता देखेर म आजपनि उनीबाट केही सिक्ने प्रयास गर्छु। अशोक चव्हाण हामीसित आएपछि हाम्रो शक्ति बढ़ेको छ। प्रधानमन्त्रीले भाजपा नेतृत्व एनडीए गठबन्धनका उम्मेदवारहरूलाई भारी मतले विजयी बनाउने अपील गरे।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande