बेतियामा 7 करोड़को चरससितै तस्करहरू पक्राउ
बेतियामा 7 करोड़को चरससितै तस्करहरू पक्राउ


बेतिया, 20 अप्रेल (हि.स)। छिमेकी देश नेपालबाट सात करोड़ अन्तराष्ट्रिय मूल्यको चरस लिएर बेतिया आइपुगेका तीनजना तस्करहरूलाई बेतिया नगर पुलिसको टीमले सुप्रिया रोड तथा बस स्ट्याण्डमा छापामारेर पक्राउ गरेको छ। यिनीहरूलाई गए शुक्रवार अबेर साँझ पक्राउ गरिएको हो।

शनिवार पुलिस अधीक्षक अमरकेश डीले बताए, पुलिस टीमले दुईवटा ठाउँमा छापा मारेर 35.766 किलो चरस सहित तीनजना तस्करहरूलाई पक्राउ गरेको छ। पक्रा परेका तस्करहरूमा इनरवा थानाको इनरवा बजार निवासी फैयाज मियाँ (45), सिरिसिया थानाको भिखमपुर निवासी संजय पटेल (38) तथा सहोदरा थानाको बैरिया बाजड़ा निवासी सुरेश यादव (38) सामेल छन्। यिनीहरूको तीनवटा बाइक र दुईबटा मोबाइल पनि जफत गरिएको छ। यस मामिलामा एफआईआर दर्ता गरी तीनैजनालाई न्यायिक हिरासतमा जेल पठाइएको छ।

एसपीलाई गुप्त सूचना प्राप्त भयो, सुप्रिया रोडमा मादक पदार्थ तस्करी गर्नेहरू भेला भएर बसेका छन्। सूचनाको आधारमा एसपीले एसडीपीओको नेतृत्वमा टीम गठन गरे। टीमले सुप्रिया रोडमा छापामारेर फैयाज मियाँ र संजय पटेललाई पक्राउ गऱ्यो। यिनीहरूको कब्जाबाट 31.766 किलो चरस जफत गरियो। त्यसपछि बस स्ट्याण्डमा छापा मारेर सुरेश यादवलाई समातियो र उसको कब्जाबाट बाइक अनि चार किलोग्राम चरस जफत गरियो। पश्चिम चम्पारण जिल्लामा चरस अनि गाँजा, अफिमको कारबार तीव्र गतिमा फैलिरहेको छ जसमाथि प्रशासनले ध्यान दिन आवश्यक छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande