गुवाहाटी लोकसभा सीटका दुई उम्मेदवारको नामाङ्कन रद्द
गुवाहाटी लोकसभा सीटका दुई उम्मेदवारको नामाङ्कन रद्द


गुवाहाटी, 22 अप्रेल (हि.स.)। लोकसभा चुनाउमा गुवाहाटी लोकसभा सीटको निम्ति दर्ता 10 उम्मेदवार मध्ये दुई उम्मेदवारको नामाङ्कन पत्र सोमवार जॉंचपछि रद्द गरिएको छ। अब यस सीटमा आठ उम्मेदवार चुनावी मैदानमा छन्। जुन दुई उम्मेदवारको नामाङ्कन खारेज भएको छ उनीहरूमा भारतीय राष्ट्रिय जनता पार्टीका नयन दास र निर्दलीय उम्मेदवार अर्पिता चौधरी सामेल छन्।

सोमवार गुवाहाटी लोकसभा सीटको निम्ति दर्ता गरिएको नामाङ्कन पत्रको जॉंच गरियो। जॉंच अवधि नामाङ्कनमा त्रुटी पाएपछि भारतीय राष्ट्रिय जनता पार्टीका नयन दास र निर्दलीय उम्मेदवार अर्पिता चौधरीको नामाङ्कन पत्र खारेज गरियो।

यस सटीको निम्ति भारतीय जनता पार्टीकी बिजुली कलिता मेधी, भारतीय राष्ट्रिय कांग्रेसकी मीरा बरठाकुर गोस्वामी, भारतीय गण परिषदका समद चौधरी, बहुजन महापार्टीका चेजन गयारी, एकम सनातन भारत पार्टीका अमिताभ शर्मा, वोटर्स पार्टी इन्टरनेशनल दलका दीपक कुमार बोड़ो र निर्दलीय उम्मीदवार काजी नेकीब अहमदको नामाङ्कन वैध घोशित गरिएको छ।

हिन्दुस्थान समाचार


 rajesh pande