आगो लागेर धेरै घर खरानी, लाखौंको क्षति
आगो लागेर धेरै घर खरानी, लाखौंको क्षति


मालदह, 22 अप्रेल (हि.स.)। भीषण आगलगीका कारण लगभग 20 घर जलेर खरानी भएको छ। घटनामा घरका फर्नीचर, सून र क्याश सबै जलेका छन्। घटना सोमवार मालदा जिल्ला अन्तर्गत हरिश्चन्द्रपुर 2 ब्लकको हाथीछापा मामू मोडको हो। यस घटनाका पीडितहरू आकाशमुनि बस्न बाध्य बनेका छन्।

सूत्रहरू अनुसार, आगो एउटा भन्साघरबाट फैलियो। नदीबाट आइरहेको हावाका कारण आगो अझ फैलियो। आगोको चपेटमा परेर 20 वटा घर खरानी बन्यो। आगोले घरमा राखिएका सबै सर सामग्री पनि नष्ट गरिदिएको छ।

तुलसीहाटा अग्निशमन विभागका दमकलकर्मीहरू घटनास्थल पुग्न अगावै स्थानीय मानिसहरूले आगो निभाउने प्रयास गरे। पछि दमकलकर्मीहरू आइपुगेपछि लगभग दुई घण्टाको अथक प्रयासपछि आगोलाई नियन्त्रित गरियो। तर, त्यस समयसम्म आगोले सबै नष्ट गरिसकेको थियो। लगभग 20—25 लाख रूपियॉंको क्षति भएको अनुमान लगाइएको छ।

हिन्दुस्थान समाचार


 rajesh pande