बदमाशहरूले गोली चलाए, एकको मृत्यु
बदमाशहरूले गोली चलाए, एकको मृत्यु


नयॉं दिल्ली, 22 अप्रेल (हि.स.)। अलीपुर थाना क्षेत्रमा मेन रोडमा दिउॅंसै दुईजनामाथि बाइक सवार बदमाशहरूले गोली चलाए। यस घटनामा एकको मृत्यु भएको छ भने अन्य एक घाइते भएका छन्। घाइतेको खुट्टामा गोली लागेको छ। उसको नरेलाको सत्यवादी राजा हरिश्चन्द्र अस्पतालमा उपचार चलिरहेको छ।

यो घटना अलीपुर ब्लक छेउको हो। मृतकको नाम नरेन्द्र मलिक बताइएको छ। उनी टेम्पो चालक थिए र घाइते तरुणको साथी थिए। आक्रमणकारीहरूको बारेमा कुनै जानकारी पाउन सकिएको छैन।

आक्रमणकारीहरू बाइकमा आएका थिए र उनीहरूले हेलमेट लगाएका थिए। अलीपुर थानाको पुलिसले मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ। पुलिसले मृतक अलीपुर क्षेत्रका घोषित अपराधी रहेको बताएको छ। मृतक लूट र आर्म्स एक्टको मामिलाहरूमा सामेल थिए।

हिन्दुस्थान समाचार


 rajesh pande