विनय तामाङले गरे भाजपा उम्मेदवारको समर्थन
विनय तामाङले गरे भाजपा उम्मेदवारको समर्थन


कोलकाता, 23 अप्रेल (हि.स.)। पश्चिम बंगाल कांग्रेसका महासचिव विनय तामाङले मंगलवार चुनाउमा दार्जीलिङ लोकसभा सीटबाट भाजपा उम्मेदवार राजु विष्टलाई समर्थन गर्ने बताउॅंदै पहाडी क्षेत्रका मानिसहरूलाई भाजपालाई भोट गर्न आग्रह पनि गरेका छन्। उनले सबै विषयलाई गहन विचार गरेपछि यो निर्णय लिएको बताए।

तामाङले भने, दार्जीलिङ, सिलगढी, तराई र डुवर्सका मानिसहरूलाई संवैधानिक सुरक्षा र न्यायको निम्ति दार्जीलिङ निर्वाचन क्षेत्रबाट भाजपा उम्मेदवार राजु विष्टलाई आफ्नो समर्थन दिॅंदछु। दार्जीलिङ, सिलगढी, तराई र डुवर्सका सबै नागरिकहरूलाई भाजपा उम्मेदवार राजु विष्टलाई समर्थन गर्न आह्वान पनि गर्दछु।

तामाङले भारतीय गोर्खा परिसंघका पूर्व राष्ट्रिय अध्यक्ष मुनीश तामाङलाई दार्जीलिङ लोकसभा सीटबाट उम्मेदवार बनाएको कांग्रेसको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। मुनीश तामाङ कांग्रेसमा सामेल भएको लगभग एक हप्तामा उनलाई टिकट दिइएको छ।

हिन्दुस्थान समाचार


 rajesh pande