तीनधारेमा हनुमान जयन्ती पालन
तीनधारेमा हनुमान जयन्ती पालन


खरसाङ, 23 अप्रेल (हि.स.)। खरसाङ महकुमा अन्तर्गत तीनधारेको पुरानो अस्पतालमुनि रहेको गैरी गाउँ क्षेत्रको लामपाते गैरीस्थित हनुमान मन्दिर परिसरमा हनुमान जयन्ती पालन गरिएको छ। विधिवत रुपमा श्रीगणेश गरिएको उक्त आध्यात्मिक कार्यक्रममा तीनधारे लगायत विभिन्न स्थानहरुबाट आएका भक्तजनको व्यापक उपस्थिति रहेको थियो।

उक्त हनुमान मन्दिर स्थानीय निवासी यम शंकर प्रधान एवं गाउँवासीहरुको सक्रियतामा 2016 मा निर्माण गरिएको हो। हनुमान जयन्ती कार्यक्रममा विशेष खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री साथै स्थानीयहरुको सहभागिता रहेको थियो।

भक्तजनको निम्ति विश्राम गृह निर्माण भएकोमा कमिटीद्वारा सबैप्रति कृतज्ञता ज्ञापन गरिएको छ। तीनधारे र वरिपरिका वयोवृद्ध एवं वरिष्ठ व्यक्तिहरुलाई सम्मानसहित आमन्त्रित गरिएको सो विश्रामगृह हनुमान जयन्तीको अवसरमा उद्घाटन गरियो। कार्यक्रमलाई सहयोग पुऱ्याउने सम्पूर्ण महानुभावहरूप्रति मन्दिर कमिटीको पक्षबाट धन्यवाद ज्ञापन पनि गरिएको स्थानीय निवासी रवि सुब्बाले जानकारी दिएका छन्।

हिन्दुस्थान समाचार/हनाक


 rajesh pande