नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका सरकारी अधिकारीहरू विरुद्ध केसमाथि सरकारले तत्काल फसेला लिउन्: हाई कोर्ट
नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका सरकारी अधिकारीहरू विरुद्ध केसमाथि सरकारले तत्काल फसेला लिउन्: हाई कोर्ट


कोलकाता, 23 अप्रेल (हि.स.)। कलकत्ता हाई कोर्टले मंगलवार पश्चिम बंगालका मुख्य सचिवलाई 2016 को स्कूल भर्ती मामिलामा सीबीआईद्वारा पक्राउ गरिएका पूर्व लोक सेवकहरू विरुद्ध मामिला चलाउने स्वीकृति दिन दुई मईसम्म निर्णय लिन निर्देश दिएको छ। उच्च न्यायालयको एक खण्डपीठले पश्चिम बंगाल सरकारद्वारा संचालित र सरकारद्वारा सहायताप्राप्त विद्यालयहरूमा राज्य स्तरीय चयन परीक्षा 2016 को भर्ती प्रक्रियाको माध्यमद्वारा 25 हजार 753 नियुक्तिहरू एक दिनअघि रद्द गरिदिएको थियो।

मंगलवार खण्डपीठले भन्यो, यदि मुख्य सचिव उक्त आदेश पालन गर्न विफल बन्छन् भने अदालत उनीविरुद्ध उचित कारबाही शुरू गर्न बाध्य हुनेछ। आरोपी व्यक्तिहरू विरुद्ध मामिला चलाउने स्वीकृतिको निम्ति सीबीआईको आवेदन 2022 देखि लम्बित छ। यसलाई ध्यानमा राख्दै न्यायमूर्ति जयमाल्य बागचीको अध्यक्षमा रहेको खण्डपीठले मुख्य सचिवलाई आरोपीहरू विरूद्ध मामिला चलाउने स्वीकृतिमाथि दुई मईसम्म निर्णय लिन निर्देश दिया। आरोपीलाई दुई सालअघि पक्राउ गरिएको थियो।

हिन्दुस्थान समाचार


 rajesh pande