ममता ब्यनर्जीले हनुमान जयन्तीको शुभकामना हिन्दी भाषामा दिइन्
ममता ब्यनर्जीले हनुमान जयन्तीको शुभकामना हिन्दी भाषामा दिइन्


कोलकाता, 23 अप्रेल (हि.स.)। लोकसभा चुनाउको पृष्ठभूमिमा पश्चिम बंगालकी मुक्यमन्त्री ममता ब्यनर्जीले रामनवमीपछि अब हनुमान जयन्तीको पनि शुभकामना दिएकी छन्। विशेष कुरा के हो भने उनले आफ्नो शुभकामना हिन्दी भाषामा लेखेर दिएकी छन्। ममता ब्यनर्जीले मंगलवार आफ्नो आधिकारिक ट्विटर ह्याण्डल एक्समा लेखिन्, सबै देशवासीहरूलाई हनुमान जयन्तीको हार्दिक शुभकामना। उनले बंगला भाषामा पनि यस्तै शुभकामना लेखेकी छन्।

उल्लेखनीय छ, पश्चिम बंगालमा रामनवमीको पर्वलाई लिएर धेरैवटा जनसभाहरूबाट आपत्तिजनक टिप्पणी गरेकी थिइन्। उनले रामनवमीमा दंगा हुनसक्ने समेत आशंका व्यक्त गरेकी थिइन्। त्यै अनुरूप मुर्शिदाबाद र मेदिनीपुरमा रामनवमीको शोभायात्रामा ढुङ्गामुड़ा भएको थियो। राज्य पुलिसले ढुङ्गामुड़ा वा आगो लगाउने आरोपीहरूलाई पक्राउ गर्नको सट्टा रामनवमीको शोभायात्रामा सामेल मानिसहरूलाई नै पक्राउ गरेको छ। यसलाई लिएर भाजपाले लगातार प्रहार गरिरहेको छ।

हिन्दुस्थान समाचार/ उष्णता


 rajesh pande