मणिपुर पुलिसले 189 जनालाई हिरासतमा लियो
मणिपुर पुलिसले 189 जनालाई हिरासतमा लियो


इम्फाल, 23 अप्रेल (हि.स.)। मणिपुर पुलिसले राज्यका विभिन्न जिल्लाहरूका संवेदनशील तथा दुर्गम क्षेत्रहरूमा गहन छापामारी तथा खोजी अभियान चलायो। यस अभियानमा भारतीय दण्ड संहिताका अलग-अलग धाराहरूको उल्लंघन गरेको मामिलामा 189 जना मानिसहरूलाई पुलिस हिरासतमा लिइयो।

पुलिसले आज बताए अनुसार आवश्यक वस्तुहरू लगायत राष्ट्रिय राजमार्ग- 2 मा 253 वटा वाहनहरूको आवत-जावत सुनिश्चित गरिएको छ। यी वाहनहरूको स्वतन्त्र तथा सुरक्षित आवात-जावत सुनिश्चित गर्ने उद्देश्यले सबै संवेदनशील क्षेत्रहरूमा सुरक्षाको कठोर प्रबन्ध गरिनका साथै व्यापक मात्रामा सुरक्षा बलहरूलाई तैनाथ गरिएको छ। यस अतिरिक्त राज्यका उपत्याका अनि हिमाली दुवै जिल्लाहरूमा

131 नाका तथा जाँच चौकीहरू स्थापना गरिएको पुलिसले थप बताएको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande