पी चिदम्बरमको सीएए रद्द गरिने बयानलाई अमित शाहले बताए तुष्टीकरणको राजनीति
पी चिदम्बरमको सीएए रद्द गरिने बयानलाई अमित शाहले बताए तुष्टीकरणको राजनीति


नयाँ दिल्ली, 23 अप्रेल (हि.स.)। भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं केन्द्रिय गृहमन्त्री अमित शाहले कांग्रेस नेता पी चिदम्बरमको बयानमा प्रतिक्रिया व्यक्त गरेका छन्। चिदम्बरमले सीएए, तीन न्यायिक कानून र अन्य कानूनहरूलाई विपक्षको सरकार बनेपछि रद्द गरिने भनेका थिए। शाहले यसलाई तुष्टीकरणको राजनीति बताएका छन्।

शाहले सोशल मीडिया एक्समा पी चिदम्बरमको बयानमा प्रतिक्रिया दिँदै आफ्नो बयान साझा गरेका छन्। उनले भने, कांग्रेस नेता पी चिदम्बरमले बताउनुपर्छ कि सीएएसित के आपत्ति छ। यसबाट कसैको नागरिकता खोसिएको छैन। कांग्रेसले केवल तुष्टीकरणको राजनीति र भोटब्याङ्कको निम्ति यसलाई निरस्त गर्न चाहन्छ। यिनीहरूको मनसाय पूरा हुनेछैन। कांग्रेस न त सत्तामा फर्किनेछ न त निर्णय लिनेछ।

कांग्रेस नेता पी चिदम्बरमको बयानमा केन्द्रिय गृहमन्त्रीले भऩे, 1960 को दशकदेखि कांग्रेसले चुनाउ जित्न तुष्टीकरणको राजनीतिलाई आफ्नो हतियार बनायो। वर्षौदेखि हामी यसको विरोधमा लड़िरह्यौं। 2014 देखि पीएम मोदीले मानिसहरूबीच विकासको एजेन्डा तय गरे औं त्यसैको आधारमा देशमा चुनाउ शुरू भय़ो। अब कांग्रेसलाई विकासको आधारमा चुनाउ लड्नमा समस्या भइऱहेछ, पार्टीले लगातार चुनाउ हारिरहेछ। तीन कानून (आपराधिक कानून) माथि विचार गर्न बनेको समितिमा स्वयं चिदम्बरम थिए।

उनले धेरै पल्ट सकारात्मक सुझाउ दिए औं त्यसको सराहना पनि गरे। हामी तीन कानूनले देशको आपराधिक न्याय प्रणालीलाई विश्वमा सबैभन्दा आधुनिक बनाउनेछौं तर कांग्रेसले भ्रष्टाचार मामिलाहरूको परिणाम चाँहदैन। कांग्रेसले चाहन्छ कि न्याय लम्बित रहोस् तर भाजपा र नरेन्द्र मोदीको नीतिहरू स्पष्ट छ। देशका हरेक नागरिकलाई कमभन्दा कम समयमा न्याय पाउने संवैधानिक अधिकार छ। यसो गर्न हामी समर्पित छौं। म देशवासीहरूलाई आश्वासन दिलाउँछु कि सीएए रहनेछ र तीन (आपराधिक) कानून लागू हुनेछ। तीन वर्षभित्र हरेक नागरिकले न्याय पाउनेछ। यस्तो न्याय व्यवस्था सुनिश्चित गरिनेछ। हरेक शऱणार्थीले नागरिकता पाउनेछ, यसबारे कुनै सन्देह छैन।

आइतवार वरिष्ठ कांग्रेस नेता पी चिदम्बरमले बयानमा भनेका थिए, म घोषणापत्र समितिको अध्यक्ष हुँ। त्यसमा सीएएको उल्लेख नगरिएपनि पार्टी सत्तामा आएपछि यसलाई रद्द गर्नेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande