सिलगढ़ीमा देवलाई देखेर जय श्री राम- को नारा लगाइयो, तृणमूल उम्मेद्वारले अंकमाल गरे
सिलगढ़ीमा देवलाई देखेर जय श्री राम- को नारा लगाइयो, तृणमूल उम्मेद्वारले अंकमाल गरे


सिलगढ़ी, 23 अप्रेल (हि.स.)। बागडोगरा एयरपोर्टमा अभिनेता तथा तृणमूल नेता देवलाई देखेर भारतीय जनता पार्टी (भाजपा) कार्यकर्ताहरूले ''जय श्री राम''- को नारा लगाउन थाले। त्यसपछि जे भयो त्यसलाई देखेर मानिसहरू चकित भए।

वास्तवमा रायगंज तथा बालुरघाटमा चुनाउ प्रचार गर्न आएका देव मंगलवार सिलगढ़ीको बागडोगरा एयरपोर्टमा उत्रे। उनी एयरपोर्टदेखि बाहिर निक्लिरहेको बेला एकजना भाजपा कार्यकर्ताले जय श्री रामको नारा लगाउन थाले। नारा सुनेर देव भाजपा कार्यकर्ताको नजिकमा पुगे। त्यसपछि भाजपा कार्यकर्तासित हात मिलाएर उसलाई अङ्गालो हाले। यस्तो दृश्य देखेर भाजपा कार्यकर्ताहरू खुसी भए।

अर्कोतिर देवले यस सन्दर्भमा, मामिलालाई ह्याण्डल गर्न मलाई आउँछ। सर्वप्रथम त हामी भारतीय हौं। त्यसपछि मात्र हिन्दू-मुस्लिम, तृणमूल, भाजपा औ सीपीएम। उनले अझ भने, ठूला-ठूला नेताहरूले यस्तो विभाजन गरेका छन्। यस चुनाउमा जसको जीत भए पनि देशको विकास हुनुपर्छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande