सिलगढीमा शुभेन्दु अधिकारीको रोड शो
सिलगढीमा शुभेन्दु अधिकारीको रोड शो


सिलगढी, 23 अप्रेल (हि.स.)। विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारीले मंगलवार दार्जीलिङ लोकसभा क्षेत्रका उम्मेदवार राजु विष्टको समर्थनमा सिलगढीमा रोड शो गरे। रोड शो वीनस मोडबाट शुरू भयो र सिलगढी जंक्शन हुॅंदै मल्लागढी पुगेर समाप्त भयो। ऱ्यालीमा केन्द्रिय राज्य मन्त्री एवं कूचबिहारका भाजपा उम्मेदवार निशीथ प्रमाणिक, दार्जीलिङका निवर्तमान सांसद एवं उम्मेदवार राजु विष्ट आदि उपस्थित थिए।

यस अवसरमा शुभेन्दु अधिकारीले मुख्यमन्त्री ममता ब्यानर्जीलाई निशाना बनाए। अधिकारीले भने, चार सालसम्म म ममता क्याबिनेटमा थिए। जहॉं सबै फसेला ममता ब्यानर्जी स्वयंले गर्छिन्। अन्यहरू सबै ल्याम्पपोस्ट थिए।

निशीथ प्रमाणिकले भने, बंगालका जनता ममता ब्यानर्जी र उनको सरकार विरूद्ध अघि आएका छन्। चुनाउको परिणाम अघि आएपछि सबै स्पष्ट हुनेछ। राजु विष्टले भने, अभिषक व्यानर्जी उत्तर बंगालमा भोट ब्याङ्कको राजनीति गर्न र पैसा उठाउन आएका हुन्।

हिन्दुस्थान समाचार


 rajesh pande