सीबीआईसित सम्बन्धित मामिलामा सिसोदियाको न्यायिक हिरासत 7 मईसम्म बढ़्यो
सीबीआईसित सम्बन्धित मामिलामा सिसोदियाको न्यायिक हिरासत 7 मईसम्म बढ़्यो


नयाँ दिल्ली, 24 अप्रेल (हि.स.)। दिल्लीको राऊज एभेन्यू कोर्टले दिल्ली आबकारी घोटालाको सीबीआईसित सम्बन्धित मामिलामा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनीष सिसोदियाको न्यायिक हिरासतलाई आगामी 7 मईसम्मको लागि बढ़ाइदिएको छ। बुधवार सिसोदियाको न्यायिक हिरासत समाप्त भइरहेको थियो जसले गर्दा उनलाई आज भीडियो कन्फ्रेन्सिंगको माध्यमबाट कोर्टमा पेश गरियो।

कोर्टले सीबीआईको मामिलामा सिसोदियालाई गत 12 अप्रेलमा आजसम्मको न्यायिक हिरासतमा पठाएको थियो। ईडीले यस मामिलामा मनीष सिसोदियालाई गत 9 मार्च, 2023-मा जाँचबुझपछि तिहाड़ जेलबाट पक्राउ गरेको थियो। सिसोदियालाई पहिला सीबीआईले 26 फरवरी, 2023- मा पक्राउ गरेको थियो। मनीष सिसोदियाले राऊज एभेन्यू कोर्टमा दोस्रो जमानत याचिका दर्ता गरेका छन् जसमाथि आगामी 30 अप्रेलमा फसेला आउनुछ।

मनीष सिसोदियाको जमानत याचिकाको ईडीले विरोध गर्दै भनेको थियो, जमानत याचिकामा ट्रायलमा विलम्बलाई आधार बनाइँदैछ जबकि विलम्ब आरोपीको पक्षबाट गरिँदैछ। सुनवाई अवधि मनीष सिसोदियाको पक्षबाट भनिएको थियो, ट्रायल कछुवाको गतिमा भइरहेको छ जबकि सुप्रीम कोर्टले जमानत याचिकामाथि आफ्नो फसेलामा चाँड़ै ट्रायल गर्न भनिसकेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande