सीबीआई टीमले बेमेतरा पुगेर बिरपुर हिंसाको जॉंच शुरू गऱ्यो
सीबीआई टीमले बेमेतरा पुगेर बिरपुर हिंसाको जॉंच शुरू गऱ्यो


रायपुर, 28 अप्रेल (हि.स.)। छत्तीसगढ़ सरकारको मागमा सीबीआईले बिरनुपर साम्प्रदायिक हिंसामा 12 आरोपी विरूद्ध नयॉं तरिकाले केस दर्ता गरि जॉंच शुरू गरेको छ। जॉंचको निम्ति सीबीआईको टीम शनिवार इन्डिगोको रूटीन फ्लाइटमा रायपुर पुग्यो। यसपछि सीबीआईको टीम रायपुर एयरपोर्टबाट सोझै दुईवटा वाहनमा बेमेतराको बिरपुर पुग्यो।

बेमेतरा पुलिसबाट केस डाइरी लिएर सीबीआई जॉंचमा जुटेको छ। विधायक ईश्वर साहूसॅंग सीबीआईको टीमले भेट गरे। सीबीआईको जॉंच टीममा एसपी, डीएसपी र टीआई स्तरका अधिकारी पनि सामेल छन्। टीमले क्याम्प लगाएर जॉंच गर्नेछ।

21 फरवरी, 2024 मा विधायक ईश्वर साहूले विधानसभा सदनमा उक्त मामिला उठाउॅंदै यसको सीबीआई जॉंचको माग गरेको थियो। बिरनपुर गाउॅं छत्तीसगढको बेमेतरा जिल्लाको साजा मुख्यालयदेखि लगभग 15 किलोमिटर टाडा छ। बिरनपुर हिंसाकै कारण साजा विधानसभा सीटबाट कांग्रेसका दिग्गज नेता रविन्द्र चौबे ईश्वर साहूसॅंग हारेका थिए।

उल्लेखनीय छ, 8 अप्रेल, 2023 मा बिरनपुरमा स्कूलबाट फर्किरहेका नानीहरूलाई अर्को समुदायका नानीहरूले कुटपिट गरेका थिए। पीडित नानीहरूका परिजन शिकायत लिएर जॉंदा उल्टै उनीहरूमाथि ढुङ्गा प्रहार गरिएको थियो। यस क्रममा भएको हमलामा विधायक ईश्वर साहूका पुत्र भुवनेश्वर साहूको मृत्यु भएको थियो। यसपछि, पुलिसले 12 जनालाई पक्राउ गरेको थियो र उनीहरू अहिले न्यायिक हिरासतमा छन्।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande