रूष्ट प्रदेश कांग्रेस अध्यक्ष लवलीले दिए राजीनामा
रूष्ट प्रदेश कांग्रेस अध्यक्ष लवलीले दिए राजीनामा


नयॉं दिल्ली, 28 अप्रेल (हि.स.)। दिल्ली प्रदेश कांग्रेस अध्यक्ष अरविन्द सिंह लवलीले आफ्नो पदबाट राजीनामा दिएका छन्। आफ्नो पत्रमा लवलीले भनेका छन्, दिल्लीमा आम आदमी पार्टीसॅंग गठबन्धन पार्टीलाई बलियो बनाउनका लागि हो तर आप पार्टीको विकासको झूटो प्रोपडन्डालाई समर्थन दिनु सही होइन्।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खडगेलाई लेखिएको पत्रमा उनले प्रदेश कार्य समिति र पार्टी कार्यकर्ताहरूको सुझाउलाई अदेखा गरिएको विषय उठाएका छन्। लवलीले उत्तर पूर्वी र उत्तर पश्चिमी दिल्लीका उम्मेदवारहरूको चयनमाथि प्रश्न उठाएका छन्। आफ्नो पत्रमा उनले लेखेका छन्, यदि म पार्टी कार्यकर्ताहरूको हितको रक्षा गर्न सक्दिन भने मलाई पदमा बसिरहने कुनै अधिकार छैन।

उल्लेखनीय छ, कांग्रेसका वरिष्ठ नेता अरविन्द सिंह लवलीलाई गत वर्ष अगस्तमा प्रदेश कांग्रेसको जिम्मेवारी सुम्पिएको थियो। लवलीले आफ्नो पत्रमा लेखेका छन्, प्रदेश कांग्रेस प्रभारी दीपक बावरियाले नै सबै निर्णय लिइरहेका छन्। प्रदेश कांग्रेस कार्य समितिका सुझाउहरूलाई पनि अदेखा गरिॅंदैछ।

उनले पत्रमा भनेका छन्, वरिष्ठ कार्यकर्ताहरूलाई अदेखा गरेर यस्ता मानिसहरूलाई टिकट दिइएको छ, जसलाई पार्टीमा कार्यको कुनै अनुभव छैन। उनले उत्तर पश्चिम र उत्तर पूर्वी दिल्लीका उम्मेदवारहरूलाई लिएर पार्टीका वरिष्ठ नेताहरूको असन्तुष्टिबारे पनि उल्लेख गरेका छन्। उनले पार्टी प्रभारीको तर्फबाट केही वरिष्ठ नेताहरूलाई पार्टीबाट निकाल्ने निर्देश दिएकोमा पनि असन्तुष्टि व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande