ममता राजमा भ्रष्टाचार-कुशासनको कारण बंगालको विकास रोकिएको छ- जेपी नड्डा
ममता राजमा भ्रष्टाचार-कुशासनको कारण बंगालको विकास रोकिएको छ- जेपी नड्डा


बहरमपुर, 28 अप्रेल (हि.स)। भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष जेपी नड्डाले प्रदेशकी मुख्यमन्त्री एवं तृणमूल कांग्रेस प्रमुख ममता ब्यानर्जीमाथि तीखो हमला गरेका छन्। उनले आइतवार मुर्शिदाबाद जिल्लाको बहरमपुरमा चुनावी जनसभालाई सम्बोधित गर्दै भने, बंगाल, जसलाई आज तीव्र गतिमा अघि बढ्नुथियो तर ममता ब्यानर्जीको राजमा भ्रष्टाचार, टोलाबाजी, कुशासनको कारण बंगालको विकास रोकियो।

जेपी नड्डाले आरोप लगाउँदै भने, ममता सरकारले बंगाललाई बदनाम गरेको छ। बंगालको स्थिति धेरै खराब भएको छ। हामी बलियो सरकारको कुरा गर्छौं तर ममताले मजबूर सरकार चाहन्छिन्। ममताले यस्तो सरकार चाहन्छिन् जसले तुष्टिकरण, भ्रष्टाचार र भेदभावमा विश्वास राखोस् र जसको आतङ्कीहरूप्रति कमिलो रबैया होस्।

अर्कोतिर, नरेन्द्र मोदीको बलियो सरकार र समृद्धि, देशलाई सुरक्षित गर्ने र आतङ्कवाद र गलत कामहरूको जवाफ सर्जिकल स्ट्राइकले दिनमा विश्वास गर्दछ। तृणमूललाई चामल चोर भनिन्छ। उसले केन्द्रद्वारा पठाइएको चामल चोर्छ। उनले आरोप लगाए, ममता सरकार केन्द्रिय परियोजनाहरूलाई बंगालमा लागू हुन दिँदैन। ममता सरकारमा धेरै प्रकारको भ्रष्टाचार भएको छ। तृणमूल नेताहरूको घरबाट भारी मात्रामा पैसा जफत गरिएको छ जबकि केन्द्रको मोदी सरकारमा कुनै भ्रष्टाचार भएन।

भाजपा अध्यक्ष नड्डाले मोदी सरकारको उपलब्धीहरू बताउँदै भने, प्रधानमन्त्री नरेन्द्र मोदीले देशको हरेक वर्गलाई अघि बढ़ाउने काम गरेका छन्। गरीब, किसान, युवा, महिला सबैलाई सशक्त गर्ने काम गरेका छन्। मोदी सरकारले पीएम आवास योजना अन्तर्गत घर दिने काम, आयुष्मान भारत योजना अन्तर्गत 5 लाख रूपियाँसम्मको निःशुल्क सुविधा... जस्ता सबै मूलभूत सुविधाहरू दिने काम गरेको छ। यस अवधि उनले उपस्थित मानिसहरूसित भाजपाको पक्षमा मतदान गर्ने अपील गरे।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande