प्लास्टिक फ्याक्ट्रीमा लाग्यो आगो
प्लास्टिक फ्याक्ट्रीमा लाग्यो आगो


भांगड, 28 अप्रेल (हि.स.)। दक्षिण 24 परगना जिल्लाको भांगड क्षेत्रमा एउटा प्लास्टिक फ्याक्ट्रीमा आगो लाग्यो। आइतवार दिउॅंसो भांगडको अनन्तपुरमा प्लास्टिक ट्रे बनाउने फ्याक्ट्रीमा आगो लाग्यो। हेर्दाहेर्दै फ्याक्ट्री छेउछाउका घर र दोकानहरू पनि आगोको चपेटमा पऱ्यो।

ज्वलनशील पदार्थका कारण आगो द्रुत गतिमा फैलियो। सूचना पाएर पोलरहाट थानाको पुलिस र दमकल विभागका कर्मीहरू घटनास्थल आइपुगे। तर, दमकलको इन्जिन आइनपुग्दा मानिसहरू निकै आक्रोशित बने। मानिसहरूले पुलिसलाई घेरेर विरोध प्रदर्शन गरे।

पुलिसले मानिसहरूलाई सम्झाएर स्थिति नियन्त्रित गरे। फ्याक्ट्रीमा आगो कसरी लाग्यो भन्ने स्पष्ट हुन सकेको छैन। पुलिसले जॉंच शुरू गरेको छ।

हिन्दुस्थान समाचार


 rajesh pande