मुस्लिम मतदाताहरू भाजपाप्रति आकर्षित भइरहेका छन्: डा. सरमा
मुस्लिम मतदाताहरू भाजपाप्रति आकर्षित भइरहेका छन्: डा. सरमा


गुवाहाटी, 28 अप्रेल (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले राज्यका मुस्लिम मतदाताहरू बिस्तारै भाजपाप्रति आकर्षित बनिरहेको बताएका छन्। उनले कोकराझार लोकसभा क्षेत्रमा एक चुनावी कार्यक्रममा सामेल भएपछि पत्रकारहरूसित कुराकानी गर्दै उक्त कुरा भनेका हुन्।

डा. सरमाले भने, भाजपाका कार्यक्रमहरूमा ठूलो संख्यामा मुसलमान मानिसहरूको सहभागिता देखिॅंदैछ। उनले कार्यक्रममा आउने सबैले भाजपालाई भोट नदिन पनि सक्छन् तर आधा मानिसहरूले अवश्य भोट दिनेछन् भनी बताए। उनले भने, भाजपाका नीतिहरूबारे बिस्तारै मुसलमान अवगत भइरहेका छन्। हाम्रो विरोध मुसलमानहरूसॅंग होइन, तुष्टिकरणको राजनीतिक गर्नेहरूसॅंग हो।

हिन्दुस्थान समाचार


 rajesh pande