नेपालको विकासमा भारतको योगदान अतुलनीय: पीयूष गोयल
नेपालको विकासमा भारतको योगदान अतुलनीय: पीयूष गोयल


काठमाडौं, 28 अप्रेल (हि.स.)। भारत सरकारको उद्योग एवं वाणिज्य मन्त्री पीयूष गोयलले आइतवार नेपाल इन्वेस्टमेन्ट समिट 2024 लाई भर्चुअल माध्यमद्वारा सम्बोधित गर्दै भने, नेपालको समग्र विकासमा भारत सदैव तत्पर छ। भारत सरकार नेवरहुड फर्स्ट पोलिसी अन्तर्गत सदैव आफ्नो छिमेकी देशको प्रत्येक सुख अनि दुखमा समोल हुनुका साथै उनका विकासमा पनि साझेदार बन्दछ।

गोयलले भिडियो कन्फ्रेन्सको माध्यमद्वारा इन्वेस्टमेन्ट समिटको उद्घाटन सत्रलाई सम्बोधित गरिरहेको थियो। गोयलले भने, नेपाल भारतको सबैभन्दा छेउको छिमेकी हो। नेपालसॅंग हामी खुल्ला सीमासॅंग जोडिनुका साथै युगौं पुरानो सभ्यता र संस्कृतिसॅंग जोडिएका छौ। मन्त्री गोयलले भने, नेपालको विकासमा हामी सदैव साचो र विश्वसनीय मित्र सरह सॅंगै बस्छौ। जसरी नेपाल र भारतको सम्बन्ध हिमालय जस्तै अटल छ, त्यसरी नै नेपालको विकास साझेदारको रूपमा भारत उभिएको छ।

इन्वेस्टमेन्ट समिटलाई सम्बोधित गर्दै नेपालमा भारतका राजदूत नवीन श्रीवास्तवले भने, भारत र नेपालको व्यापारिक साझेदारी तथा नेपालको विकासमा भारतको योगदानलाई कुनै अन्य देशहरूसॅंग तुलना गर्न सकिॅंदैन। नेपालको अर्थतन्त्रमा सर्वाधिक सहयोग गर्ने हाइड्रो पावरमा सर्वाधिक निवेश भारतको छ। नेपालको पर्यटनमा पनि सर्वाधिक योगदान भारतीय मानिसहरूको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande