मुख्यमन्त्री देशका धनुधरहरूलाई दिए हार्दिक बधाई
मुख्यमन्त्री देशका धनुधरहरूलाई दिए हार्दिक बधाई


गान्तोक, 28 अप्रेल (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका अन्तरराष्ट्रिय आर्चर तरुणदीप राईलगायत धिरज बोम्मदेवरा र प्रवीण जाधवलाई उनीहरूका उल्लेखनीय उपलब्धीका लागि हार्दिक बधाई दिएका छन्। वर्ल्ड कप स्टेज 1 मा भारतीय धनुधरहरूले दक्षिण कोरियालाई हराएर स्वर्ण पदक प्राप्त गरेका छन्।

मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत खेलाड़ीहरूलाई हार्दिक बधाई दिॅंदै भनेका छन्, पुरुष रिकर्भ टोलीद्वारा दक्षिण कोरिया विरुद्ध स्वर्ण सहित विश्व कप आर्चरीमा भारतको उल्लेखनीय प्रदर्शन, धेरै पदकहरू प्राप्त गर्नु, खेलमा हाम्रो पराक्रमको प्रमाण हो। उनले असाधारण कार्य जारी राख्दै उत्कृष्ट गतिलाई कायम राखौं भनी आह्वान गरेका छन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande