ड्रग्ससहित तीन तस्कर पक्राउ
ड्रग्ससहित तीन तस्कर पक्राउ


गुवाहाटी, 28 अप्रेल (हि.स.)। गुवाहाटीका वशिष्ठ पुलिसले ड्रग्सको तस्करी मामिलामा सामेल तीन तस्करलाई पक्राउग गरेको छ। पक्रा पर्ने तस्करहरूको नाम रहीम बादशाह (24), राहुल पातीर (23) र शहीदुल रहमान (29) बताइएको छ।

पक्रा परेका आरोपीहरूबाट प्लास्टिकको सानो-सानो सीसीमा भरेर राखिएको 13 सीसी हेरोइन जफत गरिएको छ। यसैगरी, अन्य एक अभियान अवधि पल्टन बजार पुलिसले 27 ग्राम हेरोहनसहित भास्कर मेधीलाई केसी सेन रोडबाट पक्राउ गरेको छ।

ड्रग्स तस्करहरू विरुद्ध एक अन्य अभियानमा गुवाहाटीको हाथीगाउॅं पुलिसले ईमान जमादारलाई हेरोइनको साथमा पक्राउ गरेको छ। पक्रा परेका आरोपीबाट पुलिसले एउटा स्कूटी, मोबाइल फोन जफत गरेको छ। पुलिसले आरोपीहरू विरुद्ध मामिला दर्ता गरेर सोधपुछ गरिरहेको छ।

हिन्दुस्थान समाचार


 rajesh pande