नरेन्द्र मोदी तेस्रो पल्ट प्रधानमन्त्री बन्नसाथ भ्रष्टाचार-जातिवाद समाप्त हुनेछ- अमित शाह
नरेन्द्र मोदी तेस्रो पल्ट प्रधानमन्त्री बन्नसाथ भ्रष्टाचार-जातिवाद समाप्त हुनेछ- अमित शाह


पटना, 29 अप्रेल (हि.स.)। राज्यमा मधुबनी जिल्लाको झंझारपुर लोकसभा सीटबाट राजग गठबन्धनको जदयू उम्मेदवार रामप्रीत मन्डलको पक्षमा चुनावी सभामा केन्द्रिय गृहमन्त्री अमित शाहले नरेन्द्र मोदीलाई तेस्रो पल्ट प्रधानमन्त्री बनाउनु भऩेको बिहार र देशबाट भ्रष्टाचारलाई पूर्ण रूपमा समाप्त गर्नु हो भने।

अमित शाहले आज सोमवार भने, कांग्रेसले पहिलेपनि पछौटेहरूको हित गरेन। कर्पूरी ठाकुरलाई कहिलेपनि सम्मान दिएन। प्रधानमन्त्री मोदीले कर्पूरीलाई भारत रत्नले सम्मानित गरे र उनको अधूरो सपनालाई यदि कसैले पूरा गऱेको छ भने ती नरेन्द्र मोदी हुन्। राहुल गान्धी आरक्षणको मामिलामा मानिसहरूलाई भ्रमित गर्ने प्रय़ास गरिरहेका छऩ्। आरक्षण वा कोटा समाप्त गर्नमाथि कुनै विचार भइरहेछैन।

एकातिर प्रधानमन्त्री मोदी जस्ता नेतृत्व छऩ् भने अर्कोतिर एक यस्तो गठबन्धन छ, जससित नेतृत्व नै छैन। यदि आईएऩडीआईएको सरकार बन्यो भने के यिनीहरूसित प्रधानमन्त्रीको कुनै अनुहार छ ? तपाईले भन्नुहोस्, के लालू यादव देशका प्रधानमन्त्री बन्नसक्छऩ् ? के स्टालिन र राहुल गान्धी पीएम बन्न सक्छऩ् ? यदि गलतीले इन्डी गठबन्धनको सरकार बन्यो भने यिनीहरूले एक –एक सालभित्र अलग-अलग प्रधानमन्त्री बनाउनेछऩ्। एक साल लालू प्रधानमन्त्री बन्नेछन्, फेरि एक-एक साल अन्य नेता र अन्तमा केही कार्यकाल बाच्यो भने राहुल गान्धीलाई प्रधानमन्त्री बन्ने अवसर दिइनेछ।

अमित शाहले भने, कोरोना कालमा मोदीले देशका सबै देशवासीलाई टीका लगाए तर तब राहुल बाबा मानिसहरूलाई भन्नेगर्थे टीका नलगाउ, यो मोदी टीका हो। राहुल बाबालाई लाज लाग्नुपर्छ किनभऩे उनले कोरोना कालमा टीकाको खिल्ली उड़ाए। उनले जदयू उम्मेदवार राम प्रीत मन्डलको निम्ति भोट माग्दै भने, झंझारपुरका जनताले उनलाई भारी मतले विजय बनाउनुहोस् र देशमा पीएम मोदीको सरकार बनाउने काम गर्नुहोस्। झंझारपुरमा एनडीएको तर्फबाट जदयू उम्मेदवार रामप्रीत मन्डलले चुनाउ लड़िरहेका छन् जबकि महागठबन्धनको तर्फबाट वीआईपी प्रत्याशी सुमन कुमार महासेठ मैदानमा छऩ्।

उनले भने, बिहारको विकासको निम्ति मोदी सरकारले अनेकौं काम गरेको छ। यसैले गर्दा आज देश र बिहार प्रदेशवासीहरूलाई पीएम मोदीमाथि विश्वास छ। उनले दाबी गरे बिहारका सबै 40 सीटमा एनडीएको जित हुनेछ र देशमा तेस्रो पल्ट मोदी सरकार बन्नेछ। एकातिर जहाँ प्रधानमन्त्री मोदीले बिहारलाई अगाड़ी लैजान चाहन्छन् भने अर्कोतिर लालू यादव र आरजेडीले बिहारलाई लालटेन युगतिर लैजान चाहन्छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande