म्याचमा सट्टा लगाएको आरोपमा तीनजना समातिए
म्याचमा सट्टा लगाएको आरोपमा तीनजना समातिए


नयाँ दिल्ली, 29 अप्रेल (हि.स.)। दिल्ली क्यापिटल्स औ मुण्बई इण्डियन्सबीच गत शनिवार आईपीएल- 2024 को 43औं म्याच खेलियो। क्रिकेटको यस आईपीएल म्याचमा सट्टाबाजी गरेको आरोपमा शाहदरा जिल्लाको एसटीएफ टीमले क्षेत्रबाट तीनजना आरोपीहरूलाई पक्राउ गरेको छ। यिनीहरूको कब्जाबाट 1 ल्यापटप, 6 मोबाइल फोन, 1 एलईडी टीभी, 1 राउटर र 20 हजार 500 रुपियाँ नगद पुलिसले जफत गरेको छ। यसरी नै कृष्णा नगर पुलिसले पनि जुवा खेल्दै गरेका तीनजना जुवाड़ेहरूलाई समातेको छ जसको विरोधमा जुवा एक्ट अन्तर्गत कृष्णा नगर थानामा मुद्दा दर्ता दरिएको छ।

शाहदरा जिल्ला डीसीपी सुरेन्द्र चौधरीले बताए, दिल्ली र मुम्बईबीच सम्पन्न भएको खेल अवधि एसटीएफ टीमलाई सूचना प्राप्त भएको थियो कि केही मानिसहरूले आईपीएल म्याचमाथि सट्टाबाजी गरिरहेका छन्। सूचनालाई पुख्ता साबित गर्दै एसटीएफले त्यस क्षेत्रमा छापा माऱ्यो जहाँ यिनीहरूले सट्टाबाजी गरिरहेका थिए। पुलिस टीमले कृष्णा नगरको रघुनाथ मन्दिर नजिकै अवस्थित घर नम्बर बी-2 देखि /19 –मा छापा मारेर तीनजना मानिसहरूलाई अनलाइन सट्टाबाजी गरिरहेको अवस्थामा समात्यो। आरोपीहरूको पहिचान प्रदीप शर्मा (33) उपनाम बबी, निवासी न्यू अशोक नगर, वसुन्धरा एन्क्लेभ (दिल्ली), मोहित अरोड़ा (35), निवासी शालीमार गार्डन, साहिबाबाद (उत्तर प्रदेश) औ मुकेश शर्मा (44), निवासी सिन्दुरा कलाँ, चौकी नम्बर 2 (दिल्ली)- को रूपमा गरिएको छ।

यस अतिरिक्त कृष्णा नगर थाना पुलिसले पनि जुवा खेलेको आरोपमा तीनजना मानिसहरूलाई पक्राउ गरेको छ जसमाथि ग्याम्बलिंग एक्टका अलग-अलग धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ। तीनै आरोपीहरू शाहदराको भोलानाथ नगरका बासिन्दा हुन् जसको नाम क्रमैले जतिन क्वात्रा (38), साहिल क्वात्रा (27) र निखिल अरोड़ा (23) उपना नोनु निवासी शाहदरा (दिल्ली) रहेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande