नाम्चीमा प्रि मनसुन तयारीलाई लिएर सभा सम्पन्न
नाम्चीमा प्रि मनसुन तयारीलाई लिएर सभा सम्पन्न


नाम्ची, 29 अप्रेल (हि.स.)। नाम्ची जिल्लाकी जिल्लापाल एवम् जिल्ला आपदा प्रबन्धन प्राधिकरणकी अध्यक्ष अन्नपूर्ण आलेको अध्यक्षतामा प्रि मनसुन लिएर एक तयारी सभा सम्पन्न भयो। नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको सभामा पुलिस वरिष्ठ अध्यक्ष टीएन ग्याछो, अतिरिक्त जिल्लापाल सुबास घिमिरे, महकुमा अधिकारी गोपाल कुमार छेत्री लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

सभामा जिल्लापालले लाइन विभागहरूको समग्र तयारीबारे अधिकारीहरूबाट जानकारी लिइन्। उनले आपदा नियन्त्रणका लागि उपयुक्त योजना तर्जुमा र कार्यान्वयन गर्न अधिकारीहरूलाई सुझाउ दिँदै वर्षायाममा हुन सक्ने प्राकृतिक प्रकोपबाट बाँच्नका लागि आवश्यक उपायहरू अवलम्बन गर्न पनि सुझाउ दिइन्।

यसै क्रममा अतिरिक्त जिल्लापालले घरेलु जीविकोपार्जनमा हुने कुनै पनि प्रकारको क्षतिको संरक्षण र रोकथाम गर्न विशेष गरी मनसुनको समयमा निम्न जोखिम क्षेत्रको पहिचान र खाली गर्नमा जोड दिए। उनले कुनै पनि प्रकारको सडक अवरुद्ध हुनबाट जोगिन र आपतकालीन वा अप्रत्याशित विपद्को समयमा सुरक्षाको ख्याल राख्ने र वैकल्पिक मार्ग निर्माण गर्न आवश्यक रहेको बताए।

सोही प्रकारले वरिष्ठ पुलिस अध्यक्षले यातायातको आवश्यकताहरूको बारेमा जानकारी गराए, जुन द्रुत परिचालन र स्रोतहरूको आपूर्तिको लागि आवश्यक छ। साथै विभिन्न विभागका पदाधिकारीहरुले आ–आफ्नो रणनीति र सुझाउहरु अध्यक्ष समक्ष प्रस्तुत गरे।

हिन्दुस्थान समाचार


 rajesh pande