नयाँ आपराधिक कानून कार्यान्वयनलाई लिएर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम सम्पन्न
नयाँ आपराधिक कानून कार्यान्वयनलाई लिएर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम सम्पन्न


सोरेङ, 29 अप्रेल (हि.स.)। सोरेङ जिल्लाका पुलिस अधीक्षक जे. जयापान्डियानको पहलमा नयाँ आपराधिक कानून कार्यान्वयनलाई लिएर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम आज सम्पन्न भयो। सोरेङ जिल्लाको जिल्ला प्रशानिक केन्द्रमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा एसडीपीओ समीर प्रधान लगायत सोरेङ जिल्लाका सबै थानाका एसएचओ र अन्य पुलिस अधिकारीहरूको उपस्थिति रहेको थियो।

यस अवसरमा पुलिस अधीक्षक जे. जयापान्डियानले भारतीय साक्ष्य ऐन 2023 र इन्डियान एभिडेन्स ऐन 1872 बारे तुल्नात्मक अध्ययनमाथि प्रकाश पारे। उनले भारतीय प्रमाण ऐन 1872 देखि भारतीय साक्ष्य ऐन 2023 सम्म क्रमशः धारामा परिवर्तनबारे छलफल गरे। उनले अधिकारीहरूलाई इन्डियान एभिडेन्स ऐन 1872 बाट भारतीय साक्ष्य ऐन 2023 मा गरिएका परिवर्तनहरू जस्तै सान्दर्भिक तथ्यहरू, जबरजस्ती, मुद्दा वा सान्दर्भिक तथ्यको बयान, विज्ञहरूको राय, मौखिक प्रमाणहरू, इलेक्ट्रोनिक र डिजिटल रेकर्डबारे अध्ययन गर्न निर्देश दिए।

हिन्दुस्थान समाचार


 rajesh pande