नगरपालिका कर्मचारीहरूको मासिक वेतन बढाउनु पर्ने बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेको माग
नगरपालिका कर्मचारीहरूको मासिक वेतन बढाउनु पर्ने बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेको माग


खरसाङ, 29 अप्रेल (हि.स.)। नगरपालिकामा काम गर्ने ग्रुप डी कर्मचारीहरूको वेतन अत्यन्तै कम भएकोमा बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले वेतन वृद्धि हुनु पर्ने बताएका छन्। बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले आज खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै नगरपालिकामा कार्यरत ग्रुप डी कर्मचारीहरूको अहिलेको महंगाई अनुसार वेतन एकदमै कम्ती रहेको बताए।

उनले नगरपालिकामा सबैभन्दा बेसी खट्ने साथै निरन्तर काम गर्ने डी ग्रुपको कर्मचारीहरूको वेतन बढाउनु पर्ने बताएका छन्। उनले नगरपालिकामा काम गर्ने कर्मचारीहरू कोही 5 वर्ष, कोही 10 वर्ष, कोही 15 वर्ष र केही 20 वर्षदेखि कार्यरत रहे तापनि उनीहरूको मासिक वेतन केवल 6 हजार 8 सय हुनु न्यायसंगत नरहेको बताए।

रिम्पोर्छेले जीटीएमा कार्यरत् अस्थायी कर्मचारीहरूको मासिक वेतन 20 देखि 26 हजार रहेको र नगरपालिकामा कार्यरत् ग्रुप डी कर्मचारीहरूको वेतन साह्रै कम्ती रहेको बताए। उनले यस विषयमा क्षेत्रीय प्रशासन जीटीएले पहल गरुन् भनी माग गरेका छन्। उनले नगरपालिकामा कार्यरत् कर्मचारीहरू शहरको सर सफाई राख्न सदैव काम गरिरहेका हुन्छन् नगरपालिका कर्मचारीहरूको वेतन वृद्धिको लागि स्थानीय प्रशासनले झट्टै पहल गर्नुपर्ने सुझाउ दिएका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande