निलम्बित आईएएस अधिकारी पूजा सिंघलको जमानत याचिका खारेज
निलम्बित आईएएस अधिकारी पूजा सिंघलको जमानत याचिका खारेज


नयॉं दिल्ली, 29 अप्रेल (हि.स.)। सुप्रीम कोर्टले मनी लण्ड्रिङको आरोपमा निलम्बित झारखण्डकी आईएएस अधिकारी पूजा सिंघलको जमानत याचिका खारेज गरिदिएको छ। जस्टिस संजीव खन्नाको अध्यक्षतामा रहेको बेन्चले यो एउटा असाधारण मामिला रहेको र यसमा जमानत दिन नसकिने बताएको छ।

सुप्रीम कोर्टले भन्यो, अभियोजन पक्षका 17 साक्षी मध्ये 12 को परीक्षण भइसकेको छ। यस्तो स्थितिमा मामिलाको ट्रायल चॉंडै समाप्त हुने सम्भावना छ। सुप्रीम कोर्टले भन्यो, याचिकाकर्तालाई जमानतको निम्ति केही दिन प्रतीक्षा गर्नु पर्नेछ। यदि ट्रायलमा विलम्ब भयो भने फेरि सुप्रीम कोर्टमा जमानत याचिका दर्ता गर्न सक्नेछन्।

हिन्दुस्थान समाचार


 rajesh pande