अजय एडवर्ड्स लगायत 18 जनाले पाए जमानत
अजय एडवर्ड्स लगायत 18 जनाले पाए जमानत


दार्जीलिङ, 30 अप्रेल (हि.स.)। हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्स लगायत 18 जना समर्थकहरूले जमानत पाएका छन्। गत केही महिनाअघि बंगाल विधानसभाको अधिवेशन अवधि राज्य संसदीय मामिला मन्त्री सोभन्देव च्याटर्जीले आफ्नो सम्भाषणको क्रममा गोर्खाहरूलाई बाहिरको भनेका थिए। च्याटर्जीको उक्त गोर्खा विरोधी बयानले दार्जीलिङ पहाडलगायत देशका विभिन्न क्षेत्रहरूमा निकै हलचल मच्चिएको थियो। हाम्रो पार्टीले मन्त्री सोभेन्देव च्याटर्जीको उक्त बयानको विरोध जनाएको थियो।

यस क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्स, छिरिङ डेन्ढुप भोटिया, रितेश पोर्तेल, राप्गे खालिङ लगायत 18 जना विरूद्व मामला दर्ता भएको थियो। आज स्थानीय न्यायालयमा अधिवक्ता श्यामलाल प्रधान र ऐश्वरी प्रधानले जमानतको अर्जी चढाएपछि न्यायाधीशले उनीहरूको जमानतलाई स्वीकार गरेको हाम्रो पार्टीले प्रेस विज्ञप्ति जारी गरी बताएको छ।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande