अजय एडवर्ड्सको अनशनसँगै दार्जीलिङ नगरपालिकाले हटायो चौरास्ताको पण्डाल
अजय एडवर्ड्सको अनशनसँगै दार्जीलिङ नगरपालिकाले हटायो चौरास्ताको पण्डाल


दार्जीलिङ, 30 अप्रेल (हि.स.)। दार्जीलिङ अनित थापा र दिपेन ठकुरीको मात्र होइन। दार्जीलिङ एक पर्यटन स्थल हो। यहाँ देश-विदेशका मानिसहरू घुम्न आउने गर्छन्। दार्जीलिङको सबैभन्दा आकर्षणको केन्द्र विन्दु भनेको नै चौरास्ता माल रोड हो। यहाँ राखेका बेञ्चहरूमा बसेर रमिता हेर्दै आराम गर्ने गर्छन्। स्थानीय मानिसहरू पनि चौरास्ता माल रोडको मनमोहक दृश्यहरूसंग रमाउने गर्छन्। तर दार्जीलिङको आकर्षणको केन्द्र विन्दु मानिने चौरास्ता माल रोडको खुल्ला मैदानमा कार्यक्रमहरुको निम्ति पण्डाल लगाउने कार्यहरू भएपछि स्थानीय मानिसहरू दार्जीलिङ नगरपालिकासँग धेरै रूष्ट बनेका छन्। उक्त कुरा हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्सले भनेका छन्।

आज, मंगलवार बिहान हाम्रो पार्टीका अध्यक्ष एडवर्ड्स चौरास्ताको खुल्ला मैदानमा पण्डाल निर्माण भइरहेको स्थानमा गएर अनशनमा बसे। यस अवधि हाम्रो पार्टीको कार्यकर्ताहरुसंगै सामाजिक कार्यकर्ताहरू पनि अनशनमा सामेल भए। एडवर्ड्स अनशनमा बसेको आधा घण्टा नबित्दै दार्जीलिङ नगरपालिकाले निर्माण कार्य चलिरहेको पण्डाललाई तोड्ने निर्देश दिए अनि निर्माणाधीन पण्डाल तोड्ने कार्य भयो। अनशनमा बसेका एडवर्ड्सले पनि पण्डाल हटाउने कार्यमा सहयोग गरेको जानकारी प्राप्त भएको छ।

उनले भने, दार्जीलिङ अनित थापा र दिपेन ठकुरीको मात्र होइन। उनीहरू पाँच वर्षको निम्ति जीटीए र दार्जीलिङ नगरपालिकाको चौकीमा आएका हुन्। अनित थापा र दिपेन ठकुरी जस्ता कति आएँ कति गए। दार्जीलिङ पहाड़लाई कसैले पनि लाथालिङ्गै भताभुङ्ग बनाउनु पाउँदैन। हाम्रो दार्जीलिङको गरिमा बचाउने दायित्व हामी सबैको हो।

उनले अझ भने, दार्जीलिङ नगरपालिकाले चौरास्ताको खुल्ला मैदानमा लगाएको टाइल्सलाई उकाएर खाल्डा खनेर पण्डालको पोस लगाउने अनुमति प्रदान गर्नु सबैभन्दा ठूलो गल्ती हो। अब त्यो खाल्डा भर्दा जुन खर्च हुन्छ त्यो राशि कसले भुक्तान गर्छ।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande