वाहन दुर्घटनामा एकको मृत्यु, दुई घाइते
वाहन दुर्घटनामा एकको मृत्यु, दुई घाइते


मोरीगाउँ (असम), 30 अप्रेल (हि.स.)। मोरीगाउँ जिल्लाको मिकिरगाउँ लाठरबाड़ी क्षेत्रमा काँचो ईंटा लादिएको एउटा वाहन दुर्घटनाग्रस्त भयो जसमा एकजना श्रमिकको घटनास्थलमै मृत्यु भयो भने अन्य दुईजना श्रमिकहरू घाइते भए।

पुलिसले मंगलवार बतायो, काँचो ईँटाले लादिएको टाटा डीआई (एएस-01केसी-0587) वाहन अनियन्त्रित भएर सड़कमा पल्टियो जसकारण एकजना श्रमिकको वाहनको चपेटमा परेर मृत्यु भयो। अन्य दुईजना श्रमिक घाइते भए जसलाई स्थानीयहरूको सहयोगमा उपचारको निम्ति अस्पतालमा भर्ती गराइयो।

मृत श्रमिकको पहिचान कलियांकाज निवासी एजाजुल इस्लामको रूपमा गरिएको छ। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्न अस्पतालमा पठाएको छ। दुर्घटनाको मुख्य कारण वाहनमा क्षमताभन्दा अधिक काँचो ईंटा लादिनु रहेको स्थानीय मानिसहरूले बताएका छन्। दुर्घटनापछि वाहन चालक घटनास्थलबाट भागे। पुलिसले यस मामिलामा प्राथमिकी दर्ता गरी जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande