बिहारको भागलपुरमा सड़क दुर्घटना, छह जनाको मृत्यु, तीन घाइते
बिहारको भागलपुरमा सड़क दुर्घटना, छह जनाको मृत्यु, तीन घाइते


पटना, 30 अप्रेल (हि.स.)। बिहारमा भागलपुर जिल्लाको कहलगाउँ मुख्य मार्ग एनएच-80 मा सोमवार अबेर राति घोघा थाना क्षेत्रको आमापुर नजिक सड़क दुर्घटनामा परेर स्कर्पियोमा सवार छह जना जन्तीको मृत्यु भय़ो। दुर्घटनामा तीन जना घाइते भएको बताइएको छ। तीनैको स्थिति गम्भीर छ। घाइतेहरूलाई भागलपुरको मायागंज अस्पतालमा भर्ती गराइएको छ।

सूचना पाएपछि पुलिसले एनएच-80 को निर्माण गरिरहेको एन्जेसीको जेसीबी र अन्य संसाधनहरूको माध्यमले अवशेष हटाएर मानिसहरूलाई बाहिर निकाल्यो। तबसम्म छह जनाको मृत्यु भइसकेको थियो। बाकी तीन घाइते अवस्थामा भेटाइए। स्थानीय मानिसहरूलाई घाइतेहरूले सूचना दिए अऩुसार, जन्ती मुंगेरको हवी खड़गपुरदेखि पीरपैन्तीको खिदमतपुर गइऱहेको थियो।

पुलिस अनुसार, तीन वटा स्कर्पियोमा जन्ती भागलपुरदेखि कहलगाउँतिर गइऱहेको थियो। विपरीत दिशाबाट गिट्टी लोड गरिएको हाईवा आइऱहेको थियो। यही अवधि हाईवा अनियन्त्रित भएर स्कर्पियोमाथि पल्टियो। बीचमा कुदिरहेको स्कर्पियो पूर्ण रूपमा हाईवाको चपेटमा पऱ्यो। मर्नेहरूमा दुई जना नानी पनि सामेल छन्। घाइते कैलाशले बतायो, लगभग एक घण्टासम्म मानिसहरू अवशेषमुनि दबिरहे।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande