भाजपा शुरूआतदेखि एसटी, एससी र ओबीसी आरक्षणको समर्थक- अमित शाह
भाजपा शुरूआतदेखि एसटी, एससी र ओबीसी आरक्षणको समर्थक- अमित शाह


गुवाहाटी, 30 अप्रेल (हि.स.)। केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले भारतीय जनता पार्टी (भाजपा) शुरूदेखि नै एसटी, एससी र ओबीसी आरक्षणको समर्थक रहिआएको जनाएका छऩ्। उनी अनुसार, भाजपा धर्मको आधारमा आरक्षणको कहिलेपनि समर्थक रहेन। उनले यी कुरा आज यहाँ प्रदेश भाजपा मुख्यालय (अटल बिहारी वाजपेयी भवन) मा संवाददाता सम्मेलनमा भऩे। यस अवसरमा असमका मुख्यमन्त्री डा. हिमन्त बिस्वसरमा, प्रदेश भाजपा अध्यक्ष भवेश कलिता आदि नेताहरूको उपस्थिति रह्यो।

अमित शाहले भऩे, हामी 400 सीट नाघ्ने लक्ष्य नजिक पुगेका छऩ्। अवश्य नै 400 सीट नाघ्नेछौं। यो हाम्रो लक्ष्य हो। हामी विरूद्ध फर्जी भीडियो जारी गरिएको थियो। यो अब छर्लङ्ग भएको छ। कांग्रेसका मुख्यमन्त्री र नेताले यस मामिलामा आपराधिक मुद्दाहरूको सामना गरिरहेका छऩ्। असममा कम्तीमा लोकसभाको 12 सीट जित्नेछौं। यस बाहेक थप एक वा दुई सीट बढ्ने सम्भावना छ। असममा भाजपाप्रति मानिसहरूको विश्वास बढ़ेको छ। शाहले अन्य धेरै मुद्दाहरूमाथि खोल्लिएर कुरा राखे।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande