मुख्य चुनाउ अधिकारीले तृणमूलको निम्ति काम गरिरहेका छन्- भाजपा
मुख्य चुनाउ अधिकारीले तृणमूलको निम्ति काम गरिरहेका छन्- भाजपा


कोलकाता, 30 अप्रेल (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- को पश्चिम बंगाल एकाईका प्रमुख सुकान्त मजुमदारले पश्चिम बंगालका मुख्य चुनाउ अधिकारीमाथि सत्तारूढ़ पार्टी तृणमूल कंग्रेसको लागि काम गरिरहेको आरोप लगाएका छन्।

उनले केन्द्रिय चुनाउ आयुक्तलाई एउटा पत्र लेखेका छन् जसमा उनले यस कुराको उल्लेख गरेका छन्, पश्चिम बंगालका अधिकांश विज्ञापन साइट्समा तृणमूल कंग्रेसको मात्र ब्यानर र पोस्टर देखिन्छ। अन्य विपक्षी दलहरूली कुनै पनि ठाउँ अलट गरिएको छैन। यस मामिलामा राज्यका चुनाउ अधिकारी समक्ष सिकायत गरिएको एक महिनाभन्दा अधिक समय बितिसक्दा पनि अहिलेसम्म संज्ञानमा लिइएको छैन।

मंगलवार लेखेको आफ्नो पत्रमा सुकान्त मजुमदारले भनेका छन्, पश्चिम बंगालमै मात्र विपक्षी दलहरूलाई विज्ञापनको निम्ति ठाउँ दिइएको छैन। अधिकांश होर्डिंग्स तथा विज्ञापन साइटहरूमा सत्तारूढ़ तृणमूलकै कब्जा छ। यो कुरा भनेको एक महिनाभन्दा अधिक समय बितिसक्यो, तर पश्चिम बंगालका सीईओले अहिलेसम्म कुनै कारबाही गरेका छैनन्।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande